कोरानाविरुद्ध सबै एक भएर लड्न एशोसिएशनको आग्रह
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १८:१६:४७
२९ चैत, काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गर्नुभएको १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आ–आफ्नो तह र तप्काबाट एकअर्काको सहयोग गर्न अनुरोध गरिएको छ ।
विज्ञप्तिमा उनले लकडाउनका सयममा अदालतमा आंशिक काम भइरहेको हुँदा कानून व्यवसायी र समाचार सङ्कलन गर्ने सञ्चारकर्मीलाई नेपालभर आवतजावत गर्नुपर्ने हुँदा परिचयपत्रको आधारमा साधनसहित आवतजान गर्न दिनुपर्ने माग गरेको छ ।
नयाँ वर्ष तथा सुदूरपश्चिम प्रदेशमा धार्मिक रीतिरिवाज तथा परम्पराका नाममा भीडभाड हुने गरी लकडाउन तोड्ने सम्भावनालाई कडा निगरानी गर्न र जाँचको दायरा बढाउन सरकारसँग माग गर्दै विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन बनाइएको क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार बनाउन र परीक्षणका लागि जनचेतना जगाउने काममा जोड दिनुपर्छ ।”
एशोसिएशनले लकडाउनको अवस्थामा घरमा बसेका नागरिकलाई पनि घरघरमा गएर स्वाब परीक्षण गर्ने वातावरणको व्यवस्था मिलाउन आग्रह गर्दै मास्क र स्यानिटाइजरलाई सर्वसुलभ बनाउन माग गरेको छ । कैदीबन्दीलाई आधारभूत स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न, सिमानामा अलपत्र परेकालाई व्यवस्थित तरिकाले नेपाल फर्कने वातावरण मिलाउन, राहत पारदर्शी तरिकाले वितरण गर्न, आपूर्ति व्यवस्थापन सहज गर्नलगायतका माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार