लकडाउनका कारण घरबासको कारोवार ठप्प
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १९:३९:१७
२९ चैत, नेपालगञ्ज । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास सुनसान छन् । दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् । बर्दियाका गुलरिया र ठाकुरद्वारा पर्यटनलाई आधार बनाएर खुलेका एक हजार सुविधासम्पन्न घरबासको कारोवार पनि शून्यमा झरेको छ ।
लकडाउनले पर्यटकको आगमन नभएपछि अरबौँ लगानी गरेर सञ्चालनमा ल्याइएका बर्दिया, डल्लाका घरबास सञ्चालकहरु अहिले चिन्तित बनेको मधुवन नगरपालिका वडा नम्बर १ वडाध्यक्ष परशुराम थारुले बताएका छन् । बर्दियाको बारबर्दिया नगरपािलका—९ को सत्खुलवा र ठाकुरबाबा नगरपालिका—५ गोविन्दपुरको घरबासको अवस्था पनि दयनीय बनेको छ । बर्दिया मात्र हैन, बाँकेको गाभरमा रहेको घरबासको अवस्था पनि टिठलाग्दो भएको सञ्चालक कृष्ण चौधरीले बताएका छन्।
त्यसैगरी लकडाउनका कारण बर्दिया गुलरिया बजारका सानाठूला पसल, यातायात र होटल व्यवसायीले ठूलो घाटा भोग्नुपर्ने अवस्था सिर्जना भएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु थारुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार