नयाँ तीन जनामा संक्रमणको पुष्टि !
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १५:७:२६
३० चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएपछि संक्रमितको संख्या १२ पुगेको हो ।
संक्रमितहरु भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेका ३ जना धर्मगुरु हुन् । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा शनिबार हिजो सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाडौंमा परिक्षण पछि पनि उनीहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।
आधिकारिक घोषणा आज गरिने सामाजिक विकास मन्त्रालयकाले जानकारी दिएको छ । संक्रमितहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर वसेको अवस्थामा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार