सिमकोटमा कोरोना जाँच शुरु, गरिदै ८७४ जनामा आरडिटी
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १६:९:२२
३० चैत, हुम्ला । सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका तीन जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताएका छन् ।
हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८७४ जनाकै आरडिटी हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न शुरु गरिएको हो । आजदेखि कोरोना जाँचका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारीलाई ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकातर्फ पठाउने तयारी भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिएका छन् ।
उत्तरी नाम्खा गाउँपालिकाका क्वारेन्टाइनका लागि भने प्राविधिक भक्ति फडेरालाई पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा नवीन रोकायाले बताएका छन् । सो जाँच छिटो गर्नका लागि जिल्लाका सात वटै स्थानीय तहलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुरोधसमेत गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार