राजविराजमा थालियो गुप्त दानमार्फत राहत वितरण
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १७:८:३७
३० चैत, सप्तरी । वास्तविक अति गरिब, मजदुर र नागरिकता नभएका परिवारले राहत पाउन नसक्दा यहाँ गुप्तदान गरिएको छ । सरकारले नागरिकता नभएकालाई राहत नदिने भएपछि राजविराजस्थित गजेन्द्रचोकमा स्थानीयवासी शेरू खानले गुप्तदान गर्न लाग्नुभएको हो ।
स्थानीय सरकारले स्थानीयवासीलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोबास गर्ने नागरिकताविहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायत सो राहत पाउनबाट वञ्चित हुनुपरेको छ । सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानीय चस्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अतिगरिब, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दानमार्फत राहत वितरण गरिएको छ ।
राजविराजस्थित गजेन्द्रचोकमा १२ किलो चामल, दुई किलो दाल, दुई किलो आलु, एक लिटर खानेतेल र एक किलो नुन भएको पोका बनाएर वरिपरि राखिएको थियो । गजेन्द्रचोकमा १८ जनाका लागि पोका बनाएर राखेको अवस्थामा नागरिकता नभएका र अतिगरिब जसले खान नपुगेकालाई गुप्तदानबाट गर्न लागेको खानले बताएका छन् । यस कार्यमा सम्पूर्ण नगरवासी तथा सम्पन्न परिवारले आफैँ गजेन्द्रचोकमा खाद्यान्न सामग्रीको पोका बनाएर राखी आफैँ आएर गुप्तदान गर्न उनले आग्रह गरेका छन् । शनिबार गजेन्द्रचोकबाट गरिब २५ परिवारले उक्त सामग्रीको पोका उठाएको छ ।
चस्मा व्यवसायी खानले आफूले गरेको पहलका कारण दर्जनौँ घरमा चुलो बल्ने र उनीहरुका परिवार भोकभोकै नबस्ने बताउँदै सम्पूर्ण नगरवासी तथा सम्पन्न परिवारलाई आफे गजेन्द्रचोकमा पोको बनाएर राखी गुप्त दान गर्न आग्रह समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार