नगरपालिकालेद्धारा फुड बैंक स्थापना, जेसीजले गर्यो६० हजार बराबरको खाद्य सामग्री प्रदान
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १८:२८:३७
३० चैत, बागलुङ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका बिपन्न तथा मजदुरलाई सहयोग गर्न बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।
जेसीजले पहिलो चरणमा रु.६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिएका छन् । शाक्यका अनुसार, पहिलो चरणमा ५०० केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २०० केजी आटा सहयोग गरिएको छ । जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्रमा बाहिरबाट आएका श्रमिक मजदुरले राहत नपाएको गुनासो आएपछि जेसीजको सहकार्यमा फुड बैंक स्थापना गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् ।
कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले फुड बैंक स्थापनाका लागि जेसीजले पहल र सहकार्य गरेको हो । कतै राहतको अभाव भएमा तत्कालै फुड बैंकमार्फत खाद्यन्न सहयोग गरिनेछ । नगरपालिकाको फुड बैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले रु।३० हजार बराबरको २० बोरा चामल र पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले रु।२० बोरा चामल, दाल र नुन सहयोग गरेका छन् ।
फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिएका छन् । “हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ”, प्रमुख पौडेलले भन्नुभयो, “फुड बैंकबाट थप समस्यामा परेका र बिशेषगरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार