प्रशिक्षकहरु भन्छन्, ‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १८:४५:५८
◊ विक्रम गिरी
३० चैत्र, काठमाडौं । यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज २०औँ दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् । कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ । प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ । यदि यस्तो हुन सकेन भने प्रशिक्षक र खेलाडी दुवैले खेलबाट सफलता प्राप्त गर्न सक्दैनन् ।
परिस्थिति पहिलाको जस्तो छैन । अहिले कोरोना भाइरसका कारण अरु नागरिकसरह प्रशिक्षक र खेलाडी पनि घरमै कैद छन् । यसको दीर्घकालीन असर पर्न सक्ने खतरातर्फ सचेत गर्दै हरेक खेलका प्रशिक्षकले आफ्ना खेलाडीलाई घरमै व्यायाम र खानपिनमा ध्यान दिन सचेत गराउँदै आएका छन् । “मनलाग्दी ढङ्गले खाएपछि ठूलो असर गर्छ”, राष्ट्रिय भलिबलका प्रशिक्षक जगदीशप्रसाद भट्ट भन्छन, “प्रत्येक खेलाडीले व्यायाम र खानपिनमा ध्यान दिनैपर्छ, यसो गर्न नसके धेरै हानी व्यहोर्नुपर्ने हुन्छ ।”
लकडाउन शुरु हुन केही दिनअघि मात्र महेन्द्रनगर घर फर्कनुभएका प्रशिक्षक भट्ट घरमै बसेर आफ्ना खेलाडीसित सम्पर्कमा रहेका छन् । उनले अधिकांश समय खेलाडीलाई सचेत गराउन सामाजिक सञ्जालको प्रयोग गर्दै आउएका छन् । “म देशभरका भलिबल खेलाडीलाई सधैँ सचेत गराउँदै आएको छु”, एशियन सेन्ट्रल जोन महिला भलिबलमा पहिलोपटक स्वर्ण पदक दिलाएका उनले फोनमा कुरा गर्दै भने, “खेलाडीले घरभित्रै वा आँगनमा भए पनि व्यायाम गर्नैपर्छ ।” व्यायाम र खानपिनमा ध्यान नदिए खेलमा दीर्घकालीन असर पर्नेबारे उनले खेलाडीलाई सचेत गराउँदै आएका छन् । दुई दशकदेखि उहाँ आफैँ पनि घरमा छोरीहरुका साथ नियमित व्यायाम र भलिबल खेल्दै आएका छन् ।
कैलालीको टीकापुर घर भएका क्रिकेट प्रशिक्षक जगत टमाटा लकडाउनका कारण काठमाडौंमै थन्किए । छोरा र भान्जाका साथमा बस्दै आएका उनी पनि नियमितरूपमा खेलाडीको सम्पर्कमा रहेका छन् । यसका लागि उहाँले पनि सामाजिक सञ्जालको प्रयोग गरिरहनुभएको छ । “सरकारले जारी गरेको लकडाउनको पालना गर्न खेलाडीलाई सचेत गराउँदै आएको छु, यो हाम्रै लागि हो”, उनले भने, “खेलाडीले व्यायाम गर्न भने छाड्दैन, टन्न खाएर सुते बर्बाद हुन्छ भनेर सम्झाउने गरेको छु ।” विगतमा आफैँले खेलेका खेल तथा विश्वका उत्कृष्ट क्रिकेट खेलाडीको खेल प्रदर्शन पाएसम्म युट्युबमा खोजीखोजी हेर्न प्रशिक्षक टमाटाले खेलाडीलाई सल्लाह दिँदै आएका छन् ।
फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठ बाँकेको नेपालगञ्जमा घरमै व्यायाम गरिरहेका छन्। चाहे कोठामा होस् वा आँगनमा उनी व्यायाम गर्न भने छाड्दैनन। “जुनसुकै परिस्थितिमा पनि प्रशिक्षण र व्यायाम जारी राख्नुपर्छ”, उनले सुझाव दिए, “मैले आफ्ना खेलाडीलाई फोन गरेरै पनि सल्लाह दिँदै आएको छु, यसो नगरे पछि हामीलाई खेलमा फर्कन गाह्रो हुन्छ ।” श्रेष्ठले पनि अहिले सामाजिक सञ्जालको अत्यधिकरूपमा प्रयोग गर्ने गरेको बताए।
कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट यतिबेला कञ्चनपुरमा खेतीपातीमा व्यस्त छन । उनलाई खेलाडीको फोन तारन्तार आइरहन्छ । “गहुँ काट्दै थन्क्याउँदै पनि भ्याएसम्म खेलाडीलाई फोनमै सम्झाइबुझाइ गर्ने गरेको छु”, उनले भने । उनी नियमितरूपमा व्यायाम गछृन् । खेलाडीलाई पनि पछि आउन सक्ने समस्याबारे सचेत गराउँदै आएका छन् । “खेलाडी खाएर सुत्न हुन्न, घरकै काममा सघाएर पनि शरीर तन्दुरुस्त राख्नुपर्छ”, मुख्य प्रशिक्षक भाटको खेलाडीलाई सुझाव छ ।
हाल झापाको विर्तामोडस्थित घरमा रहेका कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती बिहान बेलुका नियमितरूपमा अभ्यास गर्न गराउन आफू मातहतका प्रशिक्षक र खेलाडीलाई सल्लाह दिँदै आएका छन् । “खानमा जोड दिने होइन, व्यायाममा ध्यान दिनुपर्छ”, उनले भने, “दिनमा सकभर नसुत्न भनेको छु, युट्युबमा कराँतेका ‘टेकनिक’ हेर्न सल्लाह दिने गरेको छु ।”
दार्चुलामा कार्यरत कराँते प्रशिक्षक ओमकार गिरी लकडाउन खुलेपछि जिल्लास्तरीय र राष्ट्रपति रनिङ शिल्ड हुने भएकाले खेलाडीलाई तयार भएर बस्न सल्लाह दिइरहेको बताउछन । “घरभित्रै अभ्यास गर्न फोनमा र सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेको छु”, उनले भने । कराँते प्रशिक्षक विमल खडायत लकडाउनको बेला घरको छतमै भए पनि नियमित प्रशिक्षण गर्न खेलाडीलाई सल्लाह दिन्छन । “यति बेला फुर्सदिलो भएर ढुक्कसित बस्ने होइन,” उनले भने, “जसरी भए पनि खेलाडीले व्यायाम गर्नैपर्छ ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार