लकडाउनमै चार हजार ४६ विदेशी स्वदेश फिर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार २२:४२:६
![](https://nepalbahas.prixacdn.net/media/albums/flights_i1HNIJLEIJ.jpg)
३० चैत, काठमाडौं । देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन् ।
अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना चार हजार बढी नागरिक उद्धार गरी घर फिर्ता लगेको राससलाई जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ । जर्मनीले चैत १४ गते ३०७, चैत १५ गते ३०५, चैत २२ गते ३०७ र चैत २६ गते २८६ नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।
त्यसैगरी फ्रान्सले चैत १५ गते र चैत २२ गते दुई उडानमार्फत ६०८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । अमेरिकाले पनि चैत १८ र चैत २३ गते दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ । बेलायतले चैत २६ र २८ गते दुई उडानमार्फत ५०० नागरिक लगेको छ ।
अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ । नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी चैत २८ गते १९३ नागरिक स्वदेश लगेको छ । क्यानाडाले कतार एयरवेजको चैत २९ गते जहाजमार्फत २०७ नागरिक लगेको छ । त्यस्तै चैत २२ गते मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने चैत २० गते नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ ।
नेपाल पर्यटन बोर्डले सरोकार निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् । लुक्ला, चितवन, पोखरा, मुस्ताङलगायत गन्तब्यबाट पर्यटकलाई काठमाडौँमा जम्मा गरी उनीहरुको मुलुक फर्काइएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपालका विभिन्न गन्तब्यमा रोकिएका पर्यटकको उद्धार गरी काठमाडौँसम्म ल्याएर उनीहरुको मुलुक फर्काउन सहजीकरण गरिरहेको बताएका छन् । उनले नेपालमा अझै कति पर्यटक छन् भन्नेबारे अध्ययन भइरहेको जानकारी दिएका छन् । बोर्डले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरबारे ‘अनलाइन सर्भे’को काम पनि शुरु गरिएको जनाइएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा हलसम्म नौ जनामा कोभिड–१९को सङ्क्रमण देखिए पनि एकजना उपचारपछि घर फर्किसकेका छन् । कोभिड–१९को सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । विभिन्न चरणमा गरेर वैशाख ३ गतेसम्म लकडाउनको अवधि थपिएको छ । गत चैत १० देखि १८ गतेसम्म मुलुकभित्र प्रवेश गर्ने सबै अन्तरराष्ट्रिय उडान बन्द गरिएको छ ।
चौबीस अन्तरराष्ट्रिय उडान
लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तरराष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले चैत १० देखि २९ गतेसम्म २४ अन्तरराष्ट्रिय उडान भएको जानकारी दिएको छ । यीमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको ग्वाङ्जाओमा गरेको दुई कार्गो उडान र श्री एयरलाइन्सले शनिबार सुडानमा गरेको कार्गो उडान छन् । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०को चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टीटान एयरवेजको समान एक–एक उडान भएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउन शुरु भएदेखि नै सबै उडान बन्द छ । करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए । आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन् ।
विदेशीको उद्धार उडान तथा कार्गो उडानका लागि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दिनहुँजसो व्यस्त बन्यो । चैत १४ देखि २९ गतेसम्म दैनिकरुपमै अन्तरराष्ट्रिय उडान भए । यो बिचमा आन्तरिकतर्फ पनि उल्लेख्य सङ्ख्यामा उडान भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार