कोरोनाविरुद्ध लड्ने स्वास्थ्यकर्मी र पत्रकारको सम्मानमा १ मिनेट ताली बजाऔ
नेपालबहस संवाददाता
चैत ३०, २०७६ सोमबार ०:८:४८
३० चैत्र, काठमाडौं । नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाले नयाँ बर्षको पहिलो दिन कोरोनाविरुद्ध लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको सम्मानमा १ मिनेट ताली बजाएर मनाउन आह्वान गरेका छन ।
नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ नेपाल लगायत विभिन्न महासंघ संजाल, नागरिक समाज लगायतका संघ संस्थाले नयाँ वर्षको शुभारम्भसँगै २०७७ बैशाख १ गते बिहान ६ बजे कोरोना संक्रमण विरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीसहितका योद्धाहरु, सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, समुदाय स्तरमा खटिएका स्वयंसेवकहरु र लकडाउनको पालना गरिरहेका आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्न आ -आफ्नो स्थानबाट १ मिनेट ताली बजाएर मनाउन आह्वान गरेका हुन ।
साथै त्यसबेला विभिन्न महासंघ संजाल र नागरिक संस्थाका प्रतिनिधिहरु बिच ५ मिनेटसम्म नेटवर्क बैठक मार्फत् त्यसलाई आदान प्रदान गर्न पनि सामुहिक आह्वान गरिएको छ । नेपालमा नयाँ बर्ष मनाउँदै गर्दा युरोप अमेरिका लगायतका विकसित देशहरु शोक मनाइरहेका छन ।
कोरोनाले विश्वमै ठूलो संकट ल्याउँदा पनि यसबाट बच्न सबै नेपालीले आफ्नो क्षेत्रबाट ठूलो योगदान गरेको र अझै गर्न बाँकी रहेकाले आज सबै नेपाली एक आपसमा नयाँ बर्ष मनाउन पाएको सम्मानमा १ मिनेट ताली बजाउन आ्हवान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार