नयाँ वर्षको शुभकामना
इन्द्र रिजाल
बैशाख १, २०७७ सोमबार १६:३४:३७
१ वैशाख, काठमाडौं । आज नेपाली संवत् २०७७ को पहिलो दिन । अर्थात नयाँ वर्षको थालनी भएको दिन । नेपालीहरुको मौलिक तिथिमिति बमोजिम आज हर्षाेल्लासका साथ मनाइने दिन हो । तर यो वर्ष कोरोनाको सन्त्रासले देश बन्दाबन्दीको अवस्थामा छ । मानिस घर बाहिर निस्कने अवस्थामा छैनन् । देशका मठमन्दिर बन्द छन् । सर्वसाधारणको घुइँचो लाग्ने आरध्यदेव श्री पशुपतिनाथदेखि सम्पूर्ण देवस्थल बन्द छन् । दर्शनार्थी आज घरबाटै देवदेवीलाई स्मरण गर्न बाध्य छन् ।
अर्काे महत्वपूर्ण पक्षका रुपमा रहेको यो दिन विशेष जमघटको पनि दिन हो । तर कोरोनाको त्रासले मानिसले सामाजिक दूरी कायम राख्न बाध्य भएका छन् । अर्थात कसैलाई बोलाउने वा कसैकहाँ जाने भन्ने कुरा आजलाई सहज छैन । त्यसैले घर आँगनमै वर्षको पहिलो दिन सीमित गनुपर्ने बाध्यता आइलागेको छ ।
यसै उपलक्ष्यमा देशका महत्वपूर्ण ओहदामा बसेका व्यक्तिले दिएका शुभकामना सन्देश पनि यही कोरोना युद्ध जित्नेमै केन्द्रित भएको पाइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा कोरोना विरुद्ध सबै एकजुट भइ सामना गर्नुको विकल्प नरहेको उल्लेख छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नयाँ वर्षको प्रारम्भमै कोरोना भाइरस नियन्त्रण हुने विश्वासका साथ नेपाली जनतामा नयाँ वर्षको शुभकामना बाँडेका छन् ।
प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरससँग संघर्ष गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय जगतसँग हातेमालो गर्ने भन्दै त्यसका लागि नेपाली जनताले साथ दिने विश्वासका साथ नयाँ बर्षको शुभकामना दिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नयाँ वर्षको शुभकामना सन्देशमा नेपाली जनतालाई कोरोनाविरुद्ध एकभएर सामना गर्न सबैलाई आह्वान गरेका छन् ।
उता, नेकपाका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षले कोरोनाविरुद्धको संघर्षमा सफलता मिलोस् भनी शुभकामना दिएका छन् । पुर्वराजा शाहले नेपाली जनता सधै खुशी सुखी रहेको आफुले देख्न चाहेको भन्दै सबै नेपालीको सामुहिक एकताबाट सगरमाथा जस्तैगरी देशको शीर उच्च पारेको हेर्ने इच्छा प्रकट गरेका छ्न । शाहले कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको बताए ।
आजको यो विशेष दिनमा नेपालबहस डटकम पनि हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा समस्त नेपालीको उन्नति प्रगति, सुख, शान्ति,समृद्धिको कामना गर्दै हरेक नेपालीको सुस्वास्थ, दीर्घायु, भातृत्व र एकता होस् भन्ने कामना गर्दछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार