नयाँ वर्ष तथा जुडशीतल पर्वको उपलक्ष्यमा मुख्यमन्त्री राउतद्वारा शुभकामना !
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार २०:२:५३
१ वैशाख, काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्ष, २०७७ तथा जुडशीतल पर्वको उपलक्ष्यमा प्रदेशवासीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गरेका छन् । नयाँ वर्षको अवसरमा आज भिडियो सन्देशमार्फत मुख्यमन्त्री राउतले विश्वव्यापी कोरोना भाइरसका कारण नयाँ वर्ष तथा जुडशीतल पर्व विगतका वर्ष झैं खुलेर मनाउने अवस्था नरहेकाले आ–आफ्ना घरमै बसेर लकडाउनलाई पूर्ण पालना गरी पर्व मनाउन आह्वान गरेका छन् ।
यस महामारीबाट बच्नका लागि सशक्त रुपमा लकडाउनका पालना गरी आपूmलाई सुरक्षित राखौँ र सामाजिक दूरी कायम गरेर महामारीलाई नियन्त्रण गर्नेतर्फ सचेत हुन उहाँले आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले सबैको सहयोग, सकारात्मक सोच र जिम्मेवार नागरिकका रुपमा मिलेर अगाडि बढ्यो भने सीमित साधनस्रोतमा पनि निश्चित रुपमा कोरोना भाइरसमाथि नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
उनले यस समयमा लकडाउनलाई पालना गराउन अहोरात्र खटिरहनुभएका सुरक्षाकर्मी, उपचारमा संलग्न स्वास्थ्यकर्मी र कोरोनाको सन्दर्भमा सञ्चारमाध्यमबाट सचेतना फैलाउनु हुने पत्रकार, प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, कर्मचारीलगायत महत्वपूर्ण भूमिका खेलिराख्नु भएका सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । कोरोना भाइरसको परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको र केही दिनभित्रै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पनि प्रयोगशाला स्थापना हुने जानकारी दिदैं मुख्यमन्त्री राउतले राजविराजमा कोरोना जाँच्ने मेशिन पिसिआर जडान हुने र महोत्तरीको जलेश्वर तथा वाराको कलैया अस्पतालको स्तरोन्नतिको कार्य अगाडि बढाइएको बताएका छन् ।
वीरगञ्जमा तीनजना कोरोना भाइरस सङ्क्रमित फेलापरेपछि प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै उनले यस विषयमा गृहमन्त्री, स्वास्थ्यमन्त्रीका साथै स्थानीय प्रशासन र महानगरपालिका वीरगञ्जका प्रमुखलगायतसँग आपूm नियमित रुपमा सम्पर्कमा रहेको जानकारी गराएका छन् । मुख्यमन्त्री राउतले कोरोना भाइरसको अवस्थालाई आँकलन गरी प्रदेश सरकारले शुरुमै स्वास्थ्य क्षेत्रमा कार्य गर्नका लागि अस्पताललाई आर्थिक सहयोग गरेको उल्लेख गर्दै लकडाउनको कारण ‘कोही पनि भोकै नरहोस्, कोही भोकको कारण नमरोस्’ तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी गराएका छन् ।
उनले कृषि मजदूर र विपन्न परिवारलाई राहत उपलब्ध गराउनका लागि प्रदेश सरकारले गाउँपालिकालाई रु १० लाख, नगरपालिकालाई रु १५ लाख, उपमहानगरपालिकालाई रु २० लाख र महागरपालिकालाई रु २५ लाख पठाएको रकमबाट वडामा रकमका साथै खाद्य सामग्री वितरण भइरहेको जानकारी गराएका छन् । उनले लकडाउनका कारण मारमा परेका तरकारी, दूधलगायत कृषिजन्य उत्पादक किसानका लागि पनि राहतको व्यवस्था सरकारले गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार