कैलालीमा ६५ बर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि !
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार २१:६:३०
१ वैशाख लम्की । कैलालीमा एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । लम्की चुहा नगरपालिका १ की ६५ बर्षीया बृद्धामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रदेश अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । कैलालीमा मात्रै संक्रमितको संख्या ५ पुग्यो ।
यसअघि दुबईबाट आएका एक युवक, भारतबाट आएका दुई युवक र कैलालीकै दुई महिलालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । विरगञ्जमा चुरापोते बेच्ने उनी लकडाउनपछि कैलाली फर्किएकी थिइन । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो ।
तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । नेपालमा अहिलेसम्म १३ जनामा देखिएको संक्रमण सामान्य छ । धेरैलाई सञ्चो हुने क्रम बढेको छ भने एक जना उपचारपछि घर फर्किसककेका छन । यसअघि काठमाडौंमा दुई, धादिङमा एक, बागलुंगमा दुई र पर्सामा तीन जनाामा कोरोना संक्रमण देखिएको छ ।
पर्सामा कोरोना संक्रमित भारतीय नागरिक हुन । उनीहरुको विरगञ्जमै उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको ज्यान गएको छैन । तर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख १५ हजार नाघिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार