एक्सपर्टद्धारा दुई लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार २१:३१:२०
१ वैशाख, काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्र/छात्रालाई परामर्श दिने अग्रणी संस्था एक्सपार्टले २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्वारा संञ्चालित सो फाउण्डेसनले कोभिड –१९ को जोखिमले समस्यामा परेका छात्र/छात्रालाई सहयोग गर्न सो कोष सञ्चालनमा ल्याएको एक्सपर्ट चितवन शाखाका प्रवन्धक निर्देशक डिल्लराम अधिकारीले जानकारी दिएका छन् ।
उनले कोभिड –१९ को जोखिमले अस्ट्रेलियामा अध्ययनरत नेपाली छात्र/छात्रालाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने ध्येयले सो कोष स्थापना गरेको बताएका छन् । उहाँका अनुसार सन २०१९ को अक्टोबर १ पछि आफ्नो संस्थामार्फत अष्ट्रेलिया गएका छात्र/छात्रालाई प्रतिव्यक्ति किनमेलका लागि २०० देखि ३०० डलर सम्मको भौचर नै सहयोग गर्ने छ । यसका लागि एक लाख ५० हजार डलर छुट्याइएको छ ।
अन्य समस्यामा परेका छात्र÷छात्रालका लागि ५० हजार डलर छुट्याईएको प्रबन्धक अधिकारीले जानकारी दिएका छन् । एक्सपर्ट फाउण्डेसनले विज्ञप्ति जारी गरि समस्यालाई केही हद सम्म भए पनि सहज वनाउनका लागि कोष स्थापना गरिएको जनाएको छ ।“विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गई मानव जगत नै अहिले असहज परिस्थितिबाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पूरा गरेका हौं । ” विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका र रोजगारी गुमाएका छात्र/छात्रालाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकालाई पनि मूल्याङकनका आधारमा सहयोग गरिने योजना अनुसार कोष स्थापना गरिएको बिज्ञप्तिमा जनाइएको छ । एक्सपर्टले सन २००३ देखि नेपाली विद्यार्थीलाई परामर्श दिने काम थालेको हो । नेपालका विभिन्न शहरमा कार्यालय रहेको एक्सपर्टको अष्ट्रेलियाका मुख्य शहरहरुमा पनि कार्यालय रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार