लकडाउन पालन गराउने क्रममा आत्तिएर एक महिलाको मृत्यु, कोशी तटबन्धमा बेवारिसे शव
नेपालबहस संवाददाता
बैशाख १, २०७७ सोमबार २३:३६:४१
♦ धीरुभाई
१ बैशाख, सप्तरी । सप्तरीको खडक नगरपालिकामा सोमबार एक बृद्धा महिलाको मृत्यु भएको छ । कोरोना भाइरस फैलिन नदिन जारी लकडाउन पालना गराउने क्रममा खटिएको प्रहरी टोलीबाट त्रसित भएर उनको मृत्यु भएको बताइएको छ ।
जिल्लाको खडक नगरपालिका वडा नम्बर–६ बिरपुर बस्ने कमरुउदिन मियाँकी ६५ वर्षिया श्रीमति वृद्धा जैनव खातुन (कुजर्नी) को मृत्यु भएको हो । मृतकका छोरा नसिमले घर अगाडि रहेको ट्रयाक्टरभित्र लग्ने क्रममा प्रहरी टोली आइपुगेको र सोही क्रममा प्रहरीले नसिमलाई लाठीले कुट्न लाग्दा जैनव बचाउन जाँदा बेहोस भएर ढलेको बताइएको छ ।
बेहोस भएर ढलेकी जैनवलाई तत्कालै स्थानीय एडभान्स अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । मृतक जैनव मुटु र दमको रोगी रहेकोले हृदयघात भएको हुन सक्ने अस्पतालले जनाएको छ ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले लकडाउन पालना गराउने क्रममा घरबाट बाहिर सडकमा लकडाउन उल्लंघन गरी छ÷सात जना बसिरहेको अवस्थामा प्रहरी टोलीले सम्झाउने क्रममा सामान्य वादविबाद उत्पन्न भएको बताए । सोही क्रममा जैनव उच्च रक्तचापका कारण बेहोस भई जमिनमा ढलेको बताइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भई पोष्टमार्टमका लागि अस्पतालमै शव राखिएको बताइएको छ ।
कोशी तटबन्धमा युवकको शव फेला, हत्या गरिएको आशंका
यता सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नं. १ पूर्व कोशीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक व्यक्तिको शव भेटिएको छ । शवको प्रकृति अनुसार कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
युवकको शव हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का जानौं साह स्वर्णकारका १५ वर्षीय छोरा सुरज साहको रहेको छ । युवकको मुखमा चोट देखिएकोले थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
शव फेला परेको स्थल तटबन्धमा रगतका छिटा समेत देखिएकोले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरबाट अनुसन्धान सुरु गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार