लकडाउनको अवधिभर २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार १५:३५:११
२ वैशाख, काठमाडौं । महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ ।
लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको कामपाले जानकारी गराएको छ ।
“लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ”, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ ।”
सोमबार कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपाल (काठमाडौँ जिल्ला कार्यसमिति) सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने भएको हो । कामपाका प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक सङ्घका तर्फबाट अध्यक्ष गोबद्र्धन सापकोटाले संयुक्तरूपमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनले करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाइने छैन । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरुको नाम, थर र अन्य विवरणको लगत अद्यावधिक गरी प्रमाणित गर्नुपर्नेछ । निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग थप भाडा दस्तुर वा सेवा शुल्क लिन पाइनेछैन भने निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउनजान आनाकानी वा मोलतोल गर्न पाइने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार