‘चामल कहिले आउँछ बाबु ?
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार १९:४५:७
२ वैशाख, जाजरकोट । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुप¥यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो हात फर्कुनुमा बित्छ । गाउँमा पुरानो अन्न सकिएको छ ।
नयाँ गहुँ बाली पाकेको छैन । मजदुरी गर्न जान लकडाउनले रोकेको छ । खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण सो ठाउँमा चामल प्राप्त हुन सकेको छैन । जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ । यहाँ खेतीयोग्य जमिन काम भएकाले खाद्यान्न उत्पादन समेत कम हुने गरेको छ । ताँगामा चामल ल्याउन ढुवानी भाडा नभएका कारण समस्या भएको कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताए ।
जुनिचाँदे गाउँपालिका – १० का पदम खड्काले भन्नुभयो, “हाम्रो ठाउँमा सिंचाइ गर्नक पानी भएपनि खोलामै छमछम बगेर जान्छ । खेतमा लगाउन पैसाले पुग्दैन ।” अहिले जिल्लाको बारेकोट गाउँपालिकामा रहेको घाट डिपोमा समेत चामल सकिएको छ । शनिबार झण्डै २ सय भन्दा बढी गाउँलेहरु कम्पनीको कार्यालयमा गएपनि पचास प्रशितले चामल नपाएर फर्किएको तोलखानाका डम्बर सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार चामल नपुगेकै कारण धेरै स्थानीयावासीहरु फर्कनुपरेको थियो । गाउँपालिकालाई तुरुन्तै खाद्यान्नको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारेकोट गाउँकमिटीले आग्रह गरेको छ । बारेकोट गाउँपालिकाका अध्यक्षले महेन्द्रबहादुर शाहले चामल अभावबारे आफूले थप बुझ्ने बताएका छन् । बारेकोटमा खाद्यान्न ढुवानी गर्ने ठेकेदारले फागुन १५ सम्म २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेपनि अहिले म्म ढुवानीको काम पूरा नगरेको कम्पनीका प्रमुख बस्नेतले जानकारी दिएका छन् । अहिले कार्यालय आफैले केही चामल खच्चडमा ल्याउने गरेको छ ।
आवागमन रोक्न पुलमा ताला
लकडाउन कार्यान्वयनका लागि डोल्पा सडक खण्डको विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा ताला लगाइ बिरामीबाहेक अन्यलाई आवतजावत ठप्प पारिएको छ । जिल्लाको नलगाड नगरपालिका –७ चामेखेत, वडा ८ को वगरा र वडा ११ को तल्लु लगायतका ठाउँमा रहेका झुलुङ्गे पुलमा ताला लगाएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकासँग जोडिएका यी ठाउँमा भेरी नदी पर्छ । त्यस्तै डोल्पा, जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीमा समेत पुलमा ताला र सडकमा बार लगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताएका छन् ।
सुरक्षा व्यवस्था कडा भएका कारण खाद्यान्नलगायत सामग्री लिन समेत निकै समस्या भएको नलगाड नगरपालिका –८ का नेत्र बिसीले बताएका छन् । नगरपालिका –८ का शिक्षक बीरबहादुर खत्रीले गाउँबाट तरकारी, दूध र दहीसमेत बजार लान नसकिएको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार