अविरल वर्षासँगै आएको बाढीपहिरोले लाखौँको अन्नबाली बगायो
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार २०:४५:५१
२ वैशाख, मुगु । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पु¥याएको छ । मुगु खत्याड गाँउपालिका–११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर र लाडु बगरका खेतमा पाकेर भित्र्याउन मात्र बाँकी रहेका लाखौँको अन्नबाली जौं र गहुँ बगाएको हो ।
“पाकेको जौं र गहुँ भित्र्याउने तयारी गरिरहेका बेला बाढी आएर खेतसहित सबै बाली बगाएर लग्यो । यो लकडाउनका बेला कसरी परिवार पाल्ने हो”, स्थानीय दीपबहादुर कार्कीले टेलिफोनमार्फत जानकारी दिएका छन् । “पानी पर्ने र खोलामा बाढी आइरहने क्रम नरोकिएकाले अझै कति क्षति हुने हो थाहा छैन”, उनले भने ।
सोमबार राति नै परेको पानीले जिल्ला कै सोरु गाँउपालिकामा पनि ठूलै क्षति पु¥याएको छ । गाँउपालिका–२ नाथर्पु गाँउका लोकबहादुर कार्की र जोगीवाडा गाउँका बुढेनाथ योगीका घरमा बाढी पसेर घर बगाउँदा धनमालका साथै १० भेडाबाख्रासमेत बगेको स्थानीय स्वास्थ्यकर्मी मञ्जन शाहीले फोनमार्फत जानकारी गराएका छन् । उनका अनुसार रावलबाडा, गुल्म, जवारधारामा पनि बाढीले लाखौँको अन्नबाली र खेत बगाएको र घटनास्थल तिर सोरुकोट प्रहरी चौकीबाट प्रहरी बिहानै घटना स्थलतर्फ गएका छन् ।
सोरु गाँउपालिकामा भएको घटनाको जानकारी भएर घटनास्थलतर्फ प्रहरी गएको र ठूलै सङ्ख्यामा भेडाबाख्रा बगाएर मरेको र अन्नबाली पनि लाखौँको क्षति भएको भन्ने जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताएका छन् । घटनास्थलहरु जिल्ला सदरमुकाम गमगढीबाट दुई दिनको पैदलबाट पश्चिम र उत्तरमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार