लकडाउनमा जोखिम हुन नदिन नेपाली काँग्रेसद्वारा राहत वितरण
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार २१:३८:५५
२ वैशाख, उदयपुर । कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी भएपछि त्रियुगा नगरपालिकाभित्र रोजगारी गुमाएका तथा दैनिक ज्यालादारी गर्ने मजदूरलाई नेपाली काँग्रेस त्रियुगा नगर समितिले ६० क्वीन्टल चामल राहत उपलब्ध गराएको छ ।
काँग्रेस नगर समितिका सभापति सरोज बस्नेतको संयोजकत्वको समितिले नगरपालिका भित्रका गरिब, मजदूर र दैनिक ज्यालादारी गर्नेलाई त्रियुगा नगरपालिका मार्फत् दुईलाख चालीस हजार बराबरको ६० क्वीन्टल चामल राहत उपलब्ध गराएको जानकारी दिएका छन् । नगर समितिले आफ्ना सदस्य तथा पदाधिकारीबाट नगद सङ्कलन गरी त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीलाई राहत वितरणको लागि हस्तान्तरण गरेको संयोजक बस्नेतले बताएका छन् ।
उनले भने,“नेपाली काँग्रेस अहिले प्रतिपक्षमा रहेर सङ्घ, प्रदेश तथा स्थानीय तहमा कोभिड –१९ को जोखिम हुन नदिन सहयोग गर्दै आएको छ । ” नगरभित्र अहिले झण्डै चारहजार गरिब तथा मजदूरहरुलाई राहत बितरण गर्ने कार्य त्रियुगा नगरपालिकाले सम्पन्न गरिसकेको र अन्यलाई पनि वितरण कार्य अभियान अगाडी बढाइरहेको नगरप्रमुख चौधरीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार