जनस्वास्थमा गम्भीर खेलबाड
इन्द्र रिजाल
बैशाख २, २०७७ मंगलबार २२:५०:४३
सम्पादकीय
२ वैशाख, काठमाडौं । अब भने नेपालमा पनि कोभिड–१९ को अलार्मिङ घण्टी बजेको अनुभूति सरकारलाई राम्रैसँग भएको छ । संक्रमण दोस्रो चरण पार गर्ने अवस्थातिर उन्मुख भएपछि बल्ल चनाखो भएको जस्तो गर्दैछ सरकार ।संक्रमणले तेस्रो चरण पार ग¥यो भने चाहिं थेगिनसक्नु हुन्छ । कतिपयले इटाली र अमेरिकासँग पनि दाँज्ने गरेका छन् । तर नेपालले त्यो अवस्था भोग्नुप¥यो भने कुनै हालतमा नियन्त्रण गर्न सक्दैन । युरोप अमेरिका जस्तो उच्च कोटीको स्वास्थ्य सेवा सुविधा भएका देशको त यो हालत छ भने नेपालको के होला ? त्यसै अनुमान लगाउन सकिन्छ ।
तर कमिशनको लोभमा स्वास्थमन्त्रीले देखाएको गैरजिम्मेवारीलाई प्रधानमन्त्री केपी ओलीले नै संरक्षण गरिरहेका छन् । संक्रमणको यो चक्र शुरु हुनु दुई महिनाअघि नै यसको संकेत मिलिसकेको थियो । पहिलो केस पुष्टी भएको यत्रो समय कमिशनको तानाबुना बुन्न नै स्वास्थ्यमन्त्री लागिरहेको आरोप सर्वत्र छ । जसले गर्दा न त समयमा स्वास्थ्य सामग्री आयो, न राम्रोसँग परीक्षण गर्न सकियो । त्यसको मार अहिले देश र जनताले भोग्नु परिरहेको छ ।
बाग्लुङ, कैलाली र रौतहटमा समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको घटना सार्वजनिक भएपछि परिस्थिति गम्भिर भएको थियो । लगत्तै राजधानीको एउटा अर्पाटमेण्टमै भाइरस संक्रमित परिवार फेला परेपछि त धेरैको सात्तो नै गएको छ ।यद्यपि उनीहरु बेलायतबाट आएका रहेछन् । तर नेपाल आएको २८ दिनपछि कोरोना संक्रमण पुष्टी भएकाले अवस्था सहज नभएको अनुमान लगाउन गाह्रो छैन । आज यसको पुष्टी भएपछि राजधानीबासीमा समेत थप त्राश बढेको छ ।गोठाटारस्थित सनसिटी अपार्टमेण्टमा अहिले सिलबन्दी गरिएको छ । साथै त्यहाँ बस्ने चारसय परिवारकै स्वास्थ्य परिक्षण गरिने भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले अब परिस्थिति जटिल हुने संकेत गरिसकेका छन् । उनले सरकार अझै कडाईका साथ प्रस्तुत हुनुपर्ने अवस्था सिर्जना भएको स्वीकार गरिसकेका छन् । त्यसको कारण सरकारी अकर्मण्यता र गैरजिम्मेवारी नै हो । आजको यो अवस्था आउनुमा सरकार नै कारण हो । बेलैमा सरकार सिरियस भएको भए यस्तो जटिलता आउने थिएन । तर कमिशनको लोभमा स्वास्थमन्त्रीले देखाएको गैरजिम्मेवारीलाई प्रधानमन्त्री केपी ओलीले नै संरक्षण गरिरहेका छन् । संक्रमणको यो चक्र शुरु हुनु दुई महिनाअघि नै यसको संकेत मिलिसकेको थियो । पहिलो केस पुष्टी भएको यत्रो समय कमिशनको तानाबुना बुन्न नै स्वास्थ्यमन्त्री लागिरहेको आरोप सर्वत्र छ । जसले गर्दा न त समयमा स्वास्थ्य सामग्री आयो, न राम्रोसँग परीक्षण गर्न सकियो । त्यसको मार अहिले देश र जनताले भोग्नु परिरहेको छ ।
प्रधानमन्त्री ओली भाषण गर्दा यस्तो गरिने छ र उस्तो गरिने छ भनेर फलाकेको सञ्चारमाध्यममा देखिन्छ । तर वास्तविक श्रमिक र ज्यालादारी गर्ने मानिसको बिजोग भएको छ । सरकारी संयन्त्रले बाँडेको राहत चरम राजनीतिको घेरामा केन्द्रित छ । आफ्ना मतदातालाई मात्र राहत सामग्री बाँड्ने काम भएको गुनासो धेरैतिरबाट आएको छ । तर त्यसलाई ओलीले गम्भिरतापूर्वक लिएका छैनन् ।
परिस्थितिको गाम्भिर्यता हामीले बुझ्ने चेष्टा गरेका छैनौं । जबसम्म छिमेकी भारतको स्थिति सामान्य हुँदैन, तबसम्म नेपाल पनि सुरक्षित हुने अवस्था छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज फेरि तीन साताका लागि लकडाउन बढाएका छन् । भारतको संक्रमण दर उच्च रहेको छ । त्यसको सिधा असर हामीलाई पर्ने हो । खुला सीमानाका कारण जोखिम भयानक छ । भारतकै सिको गर्नुपर्ने बाध्यताले नेपालमा पनि भोलिबाट फेरि बैशाख १५ गतेसम्म लकडाउन थपिएको छ । आज बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।
अब सर्वसाधारणको दैनिकी पनि कष्टप्रद हुन थालिसक्यो । सरकारले लकडाउन गरेपछि नागरिकको सुरक्षाको दायित्व उसको हो । प्रधानमन्त्री ओली भाषण गर्दा यस्तो गरिने छ र उस्तो गरिने छ भनेर फलाकेको सञ्चारमाध्यममा देखिन्छ । तर वास्तविक श्रमिक र ज्यालादारी गर्ने मानिसको बिजोग भएको छ । सरकारी संयन्त्रले बाँडेको राहत चरम राजनीतिको घेरामा केन्द्रित छ । आफ्ना मतदातालाई मात्र राहत सामग्री बाँड्ने काम भएको गुनासो धेरैतिरबाट आएको छ । तर त्यसलाई ओलीले गम्भिरतापूर्वक लिएका छैनन् ।
यो अवस्थामा कसरी जाने भन्ने सन्दर्भमा ओलीले कुनै भरपर्दाे योजना र रणनीति बनाउन सकेका छैनन् । समुदायमा नै संक्रमण फैलिसक्यो, तर मास लेभलमा टेष्ट गर्ने कीट नै आएको छैन । कमिशनको चक्करमा कमसल गुणस्तरको कीट मगाएर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाली जनताको स्वास्थ्यमा नराम्रो खेलबाड गरेको आरोप सञ्चारमाध्याम देखि नागरिक समाजले पनि लगाउन थालेका छन् । संक्रमणको यो रफ्तार यथावत रह्यो भने स्थिति भयावह हुने निश्चित छ । समयमै सोचियोस् ।
कमिशनको लोभमा मन्त्रीहरुले गलत काम गर्दा आज विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको ¥यापिट टेष्टिङ कीटको प्रयोग भईरहेको छ । ओम्नी समूहमार्फत सरकारी पदाधिकारीले अनियमितता गरेको पुष्टी भईसक्दा पनि त्यसैले ल्याएको नक्कली कीटको प्रयोग भईरहेको छ । त्यसको परिणाम पनि त्यही ढंगले प्राप्त भएको छ । ती कीटले गरिएका परीक्षणको परिणाम सही आईरहेका छैनन् । त्यसैको पछिल्लो शिकार काठमाडौं उपत्यका नै भएको छ ।
कोरोना भाइरसको बढ्दो आतंकले आज सारा संसारलाई बन्दी बनाएको छ । चीनको बुहानबाट शुरु भएको यो महामारीले नपत्याउँदो रुपमा आज विश्वलाई नै लपेटेको छ । यसको सबैभन्दा ठूलो मार महाशक्ति अमेरिकालाई परको छ । चीनपछि युरोपमा सल्किएको महामारी यतिबेला अमेरिकामा आतंक मच्चाइरहेको छ । यसको मूलकारण भनेको लापरवाही नै हो । चीनले बुहानमा कोरोना संक्रमण फेला पर्नेवित्तिकै पूरा प्रान्त नै लकडाउन गरिदियो । करिब तीन महिनापछि मात्रै लकडाउन खोलियो । त्यसैले तीन हजारकै हाराहारीका मात्रै यहाँ मानवीय क्षति भयो । जबकी अमेरिका र युरोपको अवस्था हेर्ने हो भने कहालीलाग्दो देखापर्छ । आज ठीक त्यही अवस्था नेपालको बन्दै छ । सरकारले जिम्मेवारी वहन नगर्दा आज इटालीको अवस्थामा नेपाल पुग्ने भय देखिएको छ ।
समयमा स्वास्थ्य सामग्री नल्याइदिएकाले मानिसको सही ढंगले परीक्षण समेत गर्न पाइएको छैन । कमिशनको लोभमा मन्त्रीहरुले गलत काम गर्दा आज विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको ¥यापिट टेष्टिङ कीटको प्रयोग भईरहेको छ । ओम्नी समूहमार्फत सरकारी पदाधिकारीले अनियमितता गरेको पुष्टी भईसक्दा पनि त्यसैले ल्याएको नक्कली कीटको प्रयोग भईरहेको छ । त्यसको परिणाम पनि त्यही ढंगले प्राप्त भएको छ । ती कीटले गरिएका परीक्षणको परिणाम सही आईरहेका छैनन् । त्यसैको पछिल्लो शिकार काठमाडौं उपत्यका नै भएको छ । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी टावरमा बस्ने एक परिवारमा कोरोनाको संक्रमण भएको देखियो । तर परीक्षण भने त्यही कीटबाट गरिएको थियो । जो आफैंमा विश्वसनीय छैन । अर्थमन्त्री डा.युवराज खतिवडा नै ती परिवारसँग हिमचिम भएका मानिस भएको बुझिएको छ ।
यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भावी रणनीति के होला ? धेरैले अनुमान नै गर्न सकेका छैनन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
बैशाख १५, २०८१ शनिबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने
बैशाख १५, २०८१ शनिबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार