राहत कोषमा युनाइटेडको एक लाख सहयोग
नेपालबहस संवाददाता
बैशाख २, २०७७ बुधबार ०:३:२८
२ वैशाख कास्की । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले आज रु एक लाख सहयोग गरेको छ । पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई रु एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोगथामका गर्न सरकारले लगाएको लकडाउनले समाजका मजदुर एवं विपन्न वर्गलाई राहत प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको राहत कोषमा हालसम्म रु तीन करोड ७८ लाख ३५ हजार ३९१ सङ्कलन भइसकेको छ । महानगरपालिकाले रु दुई करोड राखेर राहत कोष स्थापना गरेको कोषमा महानगरका सम्पूर्ण कर्मचारीका तर्पmबाट रु ४८ लाख ५० हजार, प्रदेश सरकारको रु एक करोड र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोग रहेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार