लकडाउनको फाइदा उठाउँदै साबुन व्यवसाय
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १६:३१:११
३ वैशाख, प्यूठान । प्यूठान नगरपालिका–९ मरन्ठानाकी दुर्गा केसीलाई फुर्सद नै छैन । हाल उनी हर्बल साबुन बनाउन व्यस्त छन् । लकडाउनका समयमा पनि चिउरीबाट बनाइएको साबुनले राम्रै बजार पाएको छ । केसीको मरन्ठाना खरीबोटमा झिमरुक हर्बल साबुन उद्योग सञ्चालनमा छ ।
लकडाउनका कारण बजार बन्द हुँदा गाउँमा पर्याप्त उपभोग्य वस्तु सहजै नपाइँदा केसीको उद्योगमै साबुन खरीद गर्न आउने बढ्दै छन् । स्थापना भएको १६ वर्ष हुँदासमेत स्थानीय बजारमा प्रभाव पार्न नसकेको साबुनले अहिले राम्रो बजार पाएको उद्यमी केसी बताउछन्। “स्थानीय स्रोत र साधनको प्रयोग गरी बनाइएको उद्योगको साबुन जापानसम्म निर्यात हुन्थ्यो तर स्थानीय बजार पाउन सकेको थिएन । अहिले कोरोनाको संक्रमणबाट बच्न स्थानीयवासीले जडिबुटीबाट निर्मित यही हर्बलको साबुन प्रयोग गर्न थालेका छन् ”, उनले भने ।
जिल्लामा राहत वितरणका लागि विभिन्न संघसंस्था र व्यक्तिले समेत साबुन लैजाने गरेपछि उद्योग फस्टाउँदै गएको छ । केसीले बनाएको साबुन ललितपुरको कुपण्डोलमा रहेको महागुठी संस्थान हुँदै जापान निर्यात हुने गरेको तर लकडाउनका कारण बाहिर जान बन्द भए पनि स्थानीय बजारमा राम्रो बिक्री भइरहेको छ ।
गाउँमै पाइने चिउरीको घिउ, नरिवलको तेल, केस्टक तेल (आर्युवेदिक) र काष्टिक सोडा तेल प्रयोग गरी साबुन बनाइन्छ । चाहनानुसार क्यामोमाइल, मेन्था, टिमुर, पामारोजालगायत सुगन्धित तथा जडिबुटीको प्रयोग गरिन्छ । केस्टर तेल र जैविक सुगन्धित काष्टिक सोडा जिल्ला बाहिरबाट ल्याउनुपर्ने भए पनि लकडाउनपूर्व नै पर्याप्त सञ्चय गरेका कारण अहिले काम गर्न सहज भएको केसीको भनाइ छ ।
विसं २०५९ मा रु ४५ हजारको लगानीमा सञ्चालनमा आएको झिमरुक साबुन उद्योगको पूँजी अहिले रु ११ लाख बराबरको छ । उद्योगमा गाउँका तीन जनालाई रोजगारी प्रदान गरिएको छ । लद्यु उद्यमबाट तालीम लिएर सञ्चालन गरेको उद्योग फस्टाउँदै गएपछि स्थानीयवासी महिलाले समेत त्यसप्रति चासो राख्न थालेका छन् । गत आवमा रु तीन लाख आम्दानी गरिएकामा यस वर्ष चैतसम्म रु चार लाख आम्दानी भएको उद्यमी केसीले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्थानीयवासीले गाउँकै साबुन प्रयोग गर्न थालेपछि गत महिना मात्रै रु ८० हजारको साबुुन बिक्री भएको उनको भनाइ छ।
पछिल्लो समयमा नगरपालिकाले स्थानीय उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा प्युठान नगरपालिकाबाट रु तीन लाख र वडा नं ९ बाट रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराइएको जनाइएको छ । स्थानीयस्तरमा हुने मेला, महोत्सव तथा कार्यक्रममा मायाको चिनोस्वरुप साबुन दिने गरिएको छ । नगरपालिकाले राहत वितरण गर्दा हर्बल साबुनसमेत प्रदान गरेको छ । “स्थानीय उद्यमीलाई प्राथमिकता दिनुपर्दछ भनेर समय समयमा अनुदान दिएका छौँ,” नगर प्रमुख कक्षपतिले भने, “साबुनपानीले मिचिमिची हात धुन हर्बल साबुन राहत वितरण गरेका छौंँ ।”
मानव स्वास्थ्यका लागि उपयोगी प्राकृतिक जडिबुटीबाट निर्मित साबुनले छालाको चाउरी, खस्रोपना, दाग र चाया हराउने तथा कपाल चम्किलो पार्नाका साथै नरम बनाउने उद्यमी केसीको जिकिर छ । हर्बल साबुुनवारे थाहा पाएर देशका विभिन्न जिल्लाबाट अवलोकनका लागि उद्योगमा आउने गरेका छन् । सफल उद्यमीका रुपमा स्थापित केसी लद्युउद्यम विकास कार्यक्रम९मेडेफ० मार्फत जापान पुगेका थिए । पारिवारिक हिंसा सहन नसकेर लघु उद्यम सञ्चालन गर्नुभएका केसीको आत्मनिर्भर बनेपछि आत्मबल अझै बढेको छ । “महिला आत्मनिर्भर भएमा जीवन निर्वाह गर्न सहज हुनेरैछ”, उनी भन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार