बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि सडकमै दूध पोख्दै किसान
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १६:४२:३२
३ वैशाख, बाँके । बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोखेका छन् । दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताएका छन् ।
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् । दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ । बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हँुदै गएको डुडुवा गाउँपालिका –२ बेतहनीका किसान रामसोहन यादव बताउछन् । गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभका कारण पोखेर घर फर्कनुपरेको उनको गुनासो छ ।
ठूलो परिमाणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) को कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध सङ्कलनमा ५० प्रतिशत कटौती गरेको छ । आयोजनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि त्यसलाई घटाएर दैनिक ६ हजार लिटर सङ्कलन गर्ने गरिएको आयोजनाका प्रमुख योगेन्द्र साहले बताएका छन् । उनका अनुसार, दैनिक सङ्कलन हुने १३ हजार लिटर दूधमध्ये एक हजार टिर बाँकेमा खपत गरी बाँकी १२ हजार लिटर पाउडर प्रशोधनका लागि चितवन र पोखरा पठाइन्छ । कोरोनाका कारण अहिले ५० प्रतिशत मात्रै दूध लिने गरेकाले दूध सङ्कलनमा पनि कटौती गर्नुपरेको हो ।
पोखरा जाने दूधमा ५० प्रतिशत कमी भएसँगै बाँकेमा किसानबाट दूध सङ्कलनमा पनि कमी गरिएको आयोजना प्रमुख साहले बताएका छन् । ‘लकडाउनको शुरुमा एक हप्ता त होलिडे नै भयो, अहिले त्यस्तो छैन । सबै किसानको दूध खरीद गर्न सकेका छैनौँ, जसले फोन गर्छ, समस्या छ, उसको लिएका छौँ । आफैँ व्यवस्थापन गरिरहेका किसानको खोजिनिती गरेका छैनौँ’,उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार