रोकिएन भारतीय कुखुराको आयात, बढ्दै कोरोना सङ्क्रमणको जोखिम
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १७:३:४३
३ वैशाख, बाँके । बन्दाबन्दीको मौका छोपी भारतबाट अवैध रुपमा आयात भइरहेको कुखुराबाट कोरोना सङ्क्रमणको जोखिम बढेको छ । बाँकेमा लुकिछिपी भारतीय ब्रोइलर कुखुरा ठूलो मात्रामा आयात हुने गरेको छ । यसरी आयातित ब्रोइलर कुखुरा सीमावर्ती परसपुर, थुकैला, जयसपुर, खजुरामा रहेका कुखुरा फार्मबाट बिक्री वितरण हुने गरेको पाइएको छ ।
अहिले प्रत्येक दिन बिहानै मोटरसाइकल र साइकलमा भारतीय कुखुरा आयात हुने गरेको खजुरा गाउँपालिका २ का अगुवा कृषक लालबहादुर खत्रीले बताएका छन् । सबैभन्दा बढी जानकी गाउँपालिका– १ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा भारतीय कुखुरा तस्करी हुने गरेको उनले जानकारी दिएका छन् । ‘लकडाउनले नेपाली किसानले कुखुरा बेच्न पाएका छैनन् तर भारतीय कुखुरा अवैध रुपमा गाउँगाउँमा पुगेको छ’, उनले भने, ‘नेपाली कुखुरापालक किसानले पालेका कुखुरा लकडाउनले दाना खान नपाउने अवस्था छ तर अवैध रुपमा आयातीन भारतीय कुखुरा महँगो दरमा बिक्री भइरहेको छ ।’
उनले भारतीय कुखुरा आयतलाई तत्काल रोक लगाई नेपाली कुखुरापालक किसानलाई राहतको कार्यक्रम ल्याउनेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउछन् । उनका अनुसार नेपालगञ्जसँग जोडिएका गाउँमा तयार गरिएका कुखुरा फार्मबाट भारतीय ब्रोइलर कुखुराको बिक्री हुने गरेको छ । ‘बिहान ल्याएर खोरमा राख्ने र साँझपख नेपाली कुखुरा भनी बिक्री गर्ने कार्य भइरहेको छ । लकडाउनले बजारका पसल बन्द भएपछि खोरमै ब्रोइलर कुखुरा खरीद गर्नेको भीड लाग्ने गरेको छ’, उनले भने ।
जानकी गाउँपालिका पशुसेवा शाखाका स्वास्थ्य प्राविधिक दिलबहादुर खड्काले अवैध रुपमा आयात हुने गरेका भारतीय कुखुराले नेपाली कुखरा व्यवसायीसँगै मानवस्वास्थ्यलाई समेत गम्भीर असर गर्ने गरेको बताउछन् । उनले भारतबाट आयात हुने कुखुरामा धेरै मात्रामा भिटामिनलगायत औषधि प्रयोग हुने गरेकाले मानवस्वास्थ्यमा समस्या देखिन सक्ने उल्लेख गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बन्दाबन्दीको बेलामा मात्र नभई जुनसुकै समयमा पनि भारतीय कुखुरा नेपाल भित्रिएको पाइएमा बरामद गर्ने गरिएको बताए । उनले अहिले कोरोना भाइरस महामारीका कारण नेपाल–भारत आवत–जावतमै रोक लगाइएकाले तस्करीको सम्भावना कम भए पनि सम्भावित नाकामा थप कडाइ गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दानाको अभावले मर्दै
बैजनाथ गाउँपालिका वडा नम्बर २ नौबस्तामा बन्दाबन्दीका कारण नियमित रुपमा दाना पु¥याउन नसक्दा कुखुरा धमाधम मर्न थालेका छन् । डेढ वर्षदेखि सञ्चालित लक्ष्यदीप पशुपालन फार्ममा दानाको अभावमा लेयर्स जातका कुखुरा धमाधम मरिरहेको सञ्चालक दीपक गुरुङले बताएका छन्।
उनका अनुसार कुखुराका लागि दैनिक पाँच क्वीन्टल दाना खपत हुन्थ्यो, बन्दाबन्दीले दाना खान नपाएर दैनिक रुपमा कुखुरा मरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार