पशुपति क्षेत्रका बाँदरका लागि पर्याप्त खाना, मन्दिरमा नित्य पुजा
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १७:४१:३०
३ वैशाख, काठमाडौं । देश लकडाउनमा गएको तीनसाता उकालो लागिसक्यो । यसबीच देशका सबै मठमन्दिर बन्द छन् । राजधानीको मुटुमा रहेको हिन्दूहरुका आराध्यदेव श्री पशुपतिनाथको मन्दिर पनि बन्द गरिएको छ । सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर यस्तो निर्णय कडाइका साथ लागू गरिएको हो ।
भक्तजनको चहलपहल घटेपछि पशुपति– गुहेश्वरी क्षेत्रको मन्दिर परिसर तथा स्लेष्मान्तक वनमा विचरण गर्ने बाँदरहरुको हाल के होला ? धेरैलाई जिज्ञासा लाग्न सक्छ । अझ दैनिक यस क्षेत्रको भ्रमण गरी बाँदरलाई भोजन गराउनेहरुको मनमा यस्तो जिज्ञासा धेरै हुनुपर्छ । तर यसको चिन्ता गर्नुपर्ने अवस्था छैन यतिबेला ।
पशुपति क्षेत्र विकास कोषले यसको राम्रो प्रबन्ध गरेको छ । यस क्षेत्रमा विचरण गर्ने झण्डै तीन हजार बाँदरका लागि कोषले दैनिक चारसय केजीको पकवानको व्यवस्था गरेको छ । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा भन्छन्– बाँदर लगायत चराचुरुङ्गीका लागिसमेत कोषले खानेकुराको बन्दोवस्त गरेको छ । बाँदरहरुलाई पर्याप्त खाद्य सामग्री दिइने गरेको छ भने बाँदर भनेको यो क्षेत्रको सौन्दर्य र गहना हो, हामी यसका लागि आवश्यक खाद्य व्यवस्था गर्न चुक्ने कुरै भएन ।
हुनपनि नेपालबहस डटकमका प्रतिनिधि स्वयं यस क्षेत्रको अवलोकन गर्न मंगलबार पुग्दा त्यस्तै परिवेश फेला पा¥यो । भक्तजनले दिने विस्कुटलगायत खाद्य पदार्थ बाँदरले रुचाएको पाइएन । यस भेगमा झण्डै तीनहजार हाराहारीमा बाँदर रहेका छन् । यस्तै परेवा लगायतका चराचुरङ्गीका लागि दैनिक एक सय पचास केजी मकैको दाना वितरण गरिने जानकारी पनि कार्यकारी निर्देशक डा. खतिवडाले दिए ।
गएको चैत ११ गतेदेखि लकडाउन सुरुभए लगत्तै पशुपति गुहेश्वरी लगायतका मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । तर पशुपतिनाथको नित्य पूजा भने पूर्ववत रुपमै हुने गरेको पनि डा. खतिवडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार