भारतको जमातबाट फर्किएका दुईमा कोरोना पोजेटिभ, दुई टोल शिलबन्दी, संक्रमित आइसोलेसनमा भर्ना
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार २२:२:२३
♦ धीरुभाई
३ बैशाख, सप्तरी । सप्तरीको दुई छुटछुट्टै स्थानीय तहका दुई टोलबस्तीको शिलबन्दी गरिएको छ । भारतबाट फर्किएका जमातीको ¥यापिड डाईग्नोस्टिक टेस्ट रिपोर्टमा कोरोना पोजेटिभ पाइएपछि ती टोललाई बुधबारदेखि शिलबन्दी गरी उच्च निगरानीमा राखिएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ बेलही टोल र खडक नगरपालिका ११ को नन्कार जाँजर(बनौली) टोललाई शिलबन्दी गरी उच्च निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । ती दुई टोलमा घर बाहिर कसैलाई निस्किन नदिएको उनले बाहिरबाट समेत टोलभित्र पस्न नदिएको बताए ।
हिजो गरिएको ¥यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी)को रिपोर्टमा जमातबाट फर्किएका तिलाठी कोइलाडी गाउँपालिका १ का ५८ वर्षीय र खडक नगरपालिका ११ का ५१ वर्षीय गरी दुई जनामा कोरोनाको पोजेटिभ पाइएको थियो । दुई साता अघि विभिन्न सीमानाका भएर उनीहरुसहित नौ जना सप्तरी प्रवेश गरेका थिए ।
नेपाल प्रवेश गरेको थाहा पाएपछि स्थानीय प्रशासनले खोजी गरी परीक्षण गराउन आग्रह गरेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनीहरुको परीक्षण गराइएको थियो । तिलाठी कोइलाडी गाउँपालिकाबाट आएका एक जनामा पोजेटिभ पाइएकोले उनीसँगै आएका मोटरसाइकल चालकलाई समेत तत्कालै आइसोलेसनमा राखिएको छ । अर्को एकजना पैदल अस्पताल आएको बताइएको छ ।
मार्चमा भारत दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठजनामध्ये उनीहरु दुईजनाको रिपोर्टमा संक्रमण पाइएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । जमातबाट फर्किएका सातजनाको आरडीटी गर्दा पाँचजनाको रिपोर्ट नेगेटिभ र दुईजनाको पोजिटिभ आएको बताउदै उनले भने, सातैजनाको थ्रोट स्वाब पीसीआर टेस्टका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाइएका छौ । उनीहरुको रिपोर्ट आज राती वा भोली बिहानसम्म आउने उनले बताए ।
सो टेस्टमा संक्रमण पाइएका दुईजना र मोटरसाइकल चालक एक गरी तीनै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु गरिएको जानकारी दिदै मेसु दासले उनीहरुको अवस्था सामान्य रहेको र अहिलेसम्म कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको बताए ।
उक्त टेस्टमा संक्रमित पाइएकाहरु गत मार्च ८ र ९ मा नयाँदिल्लीको निजामुद्दिन मस्जिदमा आयोजित मरकज (धार्मिक भेला) मा सहभागी भएर जमाती (धर्म प्रचारक)का रुपमा जिल्ला फर्किएको बताइएको छ । उनीहरु घरमै बसिरहेको सूचना पाएपछि स्थानीय प्रशासनले कोरोना परीक्षणका लागि आग्रह गरेपछि उनीहरुमध्ये सातजना हिजो परीक्षणका लागि राजविराज आएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए । आठ जनामध्येका एकजना अझै परीक्षणका लागि नआएको बताए । उनले दुईजनामा संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जानकारी दिए । जमातबाट फर्किएका आठजना जमातीमध्ये खड्ग नगरपालिकाका तीनजना, राजविराज नगरपालिका, सुरुंगा नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका एकएकजना रहेको बताइएको छ ।
११ मौलानालाई क्वारेन्टाइनमा राखियो
यसैबीच भारत इन्दौरका ११ जना मौलाना जिल्लाको डिमनस्थित मस्जिदमा पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिदै उनीहरुलाई मस्जिदकै क्वारेन्टाइनमा राखिएको बताए । उनीहरुले लकडाउन हुनुअघिबाटै उक्त मस्जिदमा बसिरहेको बताएका छन् । उनीहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
नौ युवालाई जिम्मा लगाइयो
त्यस्तै भारतको जयपुरस्थित गार्मेन्टसमा कार्यरत सप्तरीको कञ्चनरुप नगरपालिका २ महादेवपट्टीका नौ जना युवाहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ । भारतको जयपुरबाट फर्किने क्रममा भारतीय बजार कुनौलीस्थित कन्या मध्य विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेपछि सप्तरीका नौ युवा मजदुरलाई हिजो भारतीय प्रहरीले तिलाठीस्थित नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा हिजो नै उनीहरुलाई कञ्चनरुप नगरपालिकाको जिम्मा लगाइएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । तिलाठीस्थित प्रहरीले भारतबाट फर्किएका नौ जनालाई सुरक्षा तथा कोरोना भाइरससँग बच्ने उपायहरुको बारेमा जानकारी समेत गराउनु भएको छ ।
।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार