नेपालमा हालसम्म १५ हजार बढीको कोरोना परीक्षण
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार २२:५८:४२
३ वैशाख काठमाडौं । उपचारमा रहेका १५ जना जनाबाहेक बुधबारसम्म थप कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन् । तर विभिन्न जिल्लामा भएको र्यापिड टेस्टमा भने पोजेटिभ देखिएको छ। पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न नमिल्ने देवकोटाले बताए।
अहिलेसम्म पीसीआर र र्यापिड टेस्ट गरेर १५ हजार ८ वटा जनाको परीक्षण गरिएको छ। एक दिनमा दुई हजार ८९४ जनाको परीक्षण गरिएको हो। संक्रमण फैलिने सम्भावना भएपछि अहिले १४ वटा जिल्लाबाहेक अन्य सबैमा र्यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
प्रदेश नम्बर १ का सातवटा, प्रदेश २ का ३, गण्डकीमा १, प्रदेश ५ मा १ जिल्लामा परीक्षणा भएको छैन। यस्तै कर्णालीका २ जिल्लामा पनि र्यापिड टेस्ट हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।
अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ११ जना र उपत्यकाबाहिर १०६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ५ हजार ६ सय १४ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।
अहिलेसम्म नेपालमा १६ जना कोरोना संक्रमित बिरामी देखिएका छन्। जसमा एक जना उपचारपछि फर्किएका छन् भने बाँकी १५ जनाको उपचार भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार
नवनियुक्त अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
जेठ १५, २०८१ मंगलबार
पारित भयो सरकारको मध्यकालीन खर्च संरचना
जेठ १५, २०८१ मंगलबार