सामग्री उपलब्ध गराएपछि ओखलढुङ्गामै र्यापिड परीक्षण गर्ने तयारी
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १५:२३:४
४ वैशाख ओखलढुङ्गा । ओखलढुङ्गामै कोरोनाको र्यापिड परीक्षण हुने भएको छ । प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्यापिड परीक्षण गर्ने तयारी थालिएको हो ।
प्रदेश सरबारबाट र्यापिड डाइग्नोस्टिक टेस्ट अर्थात आरडिटी किट प्राप्त भएसँगै जिल्लामै सहजरूपमा कोरोना जाँच गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । उनका अनुसार आरडिटी किटले शरीरमा भाइरसको सङ्क्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए र नभएको मात्रै निक्र्योल गर्छ ।
आरडिटीमा कोरोना पोजेटिभ भए कोरोनाको सङ्क्रमणको अनुमान लगाउन सकिन्छ । तिवारीले भने, “र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखियो भने यसको पुष्टिका लागि पीसिआर टेस्ट गराउनु अनिवार्य हुन्छ ।” आरडिटी किट प्रयोग गरेर १५ मिनेटमै कोरोनाको रिपोर्ट हेर्न सकिने उनको भनाइ छ ।
प्रदेश सरकारले जिल्लाका लागि १५० वटा आरडीटी किट उपलब्ध गराएको छ । जिल्लामा हालसम्म छ जनाको पीसिआर टेस्ट गराइसकिएको छ । कोरोना सङ्क्रमणको अनुमान गरिएका विदेशबाट आएका छ जनाको स्वाब धरान पठाएर पीसिआर टेस्ट गराइएको थियो ।
सबैको र्यापिड टेस्ट गरिने
जिल्लामा विदेशबाट आउने सबैको र्यापिड टेस्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ । मङ्गलबारको जिल्ला कमान्ड पोष्टले सो निर्णय गरेको हो । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा सम्बन्धित पालिकाहरुलाई संयोजनको जिम्मा दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार