विदेशबाट फर्किएका १९ जनाको र्यापिड परीक्षण रिपोर्ट नेगेटिभ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १५:४३:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/test_corona-Test_FHUOGjg9dV.jpg)
४ वैशाख, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा विदेशबाट फर्किएका १९ व्यक्तिमा गरिएको कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) रिपोर्ट नेगेटिभ देखिएको छ । गत चैतयता विदेशबाट फर्किएका १९ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए/नभएको यकिन गर्न बुधबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा १९ जनाकै रिपोर्ट नेगेटिभ देखिएको हो ।
रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए/नभएको थाहा पाउन सम्बन्धित पालिकामै पुगेर र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताएका छन् । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्ने १२० वटा किट पठाएपछि गत चैतयता विदेशबाट फर्किएका जिल्लाका १२० व्यक्तिको पहिलो चरणमा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने तयारी गरिएको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा क्रमशः अन्य स्थानीय तहमा पनि पुगेर हप्ता दिनभित्र र्यापिड डाइग्नोस्टिक टेस्टको काम पूरा गरिने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल संयोजकत्वको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिले वैशाख ५ गतेसम्ममा बराहपोखरी, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विदेशबाट फर्केकाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिसक्ने तयारी गरेको छ । अभियानकै रूपमा खटिएको परीक्षण टोलीले वैशाख ६ गते ऐँसेलुखर्क र वैशाख ७ गते केपिलासगढी गाउँपालिकामा गएर र्यापिड परीक्षण गर्ने निर्णय गरेको छ । वैशाख ८ गते हलेसी तुवाचुङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका तथा वैशाख ९ गते साकेला गाउँपालिकामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्नेछ ।
रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागेयता विदेशबाट एक जना मात्र फर्केको तथ्याङ्क छ । चैतअघि घर फर्किएका र काठमाडौँबाट घर फर्किएका व्यक्तिको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थप किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किए पनि चैतयता घर आएका व्यक्तिको मात्र र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न लागिएको प्रजिअ पौडेलले बताएका छन् । रोजगारीको सिलसिलामा विदेश गएर घर फर्किएका अधिकांशलाई होम क्वारेन्टाइनमै राखिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ शय्याको क्वारेन्टाइन र १३ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ । जिल्लाका हरेक स्थानीय तहले आआफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरे पनि हालसम्म विदेशबाट फर्किएका २४ व्यक्ति मात्रै क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार