सङ्कटमा सारथी बन्दै स्थानीय तह, कतै राहत कोष, कतै फुड बैङ्क सञ्चालन
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १५:५६:१
४ वैशाख, बागलुङ । कोभिड–१९ ले निम्त्याएको लकडाउनका कारण दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई स्थानीय तहले राहत वितरण गरिरहेका छन् । लकडाउन लम्बिँदै जाँदा चरम सङ्कट झेलिरहेका अति विपन्न र श्रमिक वर्ग राहतको भरमा छन् । ज्यालादारीमा निर्भर व्यक्ति र तिनका परिवारको दैनिक गुजारा स्थानीय तहको सहारामा चलेको छ । स्थानीय तहको अगुवाइमा व्यक्ति, सामाजिक संस्था, उद्योगी, व्यवसायी र प्रवासी नेपालीसमेत राहतमा जोडिएका छन् ।
प्रदेश सरकारले पनि राहतका लागि नगरपालिकालाई रु। १० लाख र गाउँपालिकालाई रु। पाँच लाखका दरले बजेट उपलब्ध गराएको छ । राहतमा ठूलो खर्च स्थानीय तहले आफ्नै स्रोतबाट गरेका छन् । लकडाउन भएयता गलकोट नगरपालिकाले झण्डै १५ सय परिवारलाई राहत वितरण गरेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिएका छन् । “केन्द्रले तोकेको कार्यविधिअनुसार खाद्यान्नलगायतका सामग्री वितरण गरिरहेका छौँ”, उनले भने, “लगत उठाउने र वितरणको काम वडा तहबाटै हुन्छ ।”
राहतमा चामल, दाल, तेल, नुन, साबुनलगायतका सामग्री ‘प्याकेज’को रूपमा प्रदान गर्ने गरिएको छ । एउटा परिवारलाई रु दुई हजार ५०० सम्मको खाद्य सामग्री राहतमा दिइएको नगरप्रमुख गैरेले बताएका छन् । गलकोटमा बाहिरी जिल्लाबाट गएका श्रमिकलाईसमेत चार जना बराबर एक परिवार मानेर राहत बाँडिएको छ । राहतमा करिब ४० लाख रुपैयाँ खर्च भएको गलकोट नगरपालिकाले जनाएको छ । नगरप्रमुख विपद् व्यवस्थापन कोषको रकमसमेत राहतमा खर्च गरिने भएको छ ।
काठेखोला गाउँपालिकाले बुधबारसम्ममा ६५८ परिवारलाई राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत खिम विकले बताएका छन् । “लकडाउनले छाक टार्नै समस्या भएका परिवारलाई राहत वितरण गरिरहेका छौँ”, उनले भने, “वडाको समन्वयमा विदेशबाट पनि राहतका लागि सहयोग जुटिरहेको छ ।” लकडाउनका कारण बिहान, बेलुका हातमुख जोड्नबाट कसैलाई वञ्चित नगराइने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताएका छन् । उनका अनुसार हालसम्म २०० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । गाउँपालिकाले रोजीरोटी गुमाएका श्रमिक र मजदुरलाई गाउँमै उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली राहतस्वरूप वितरण गरिरहेको छ ।
“तत्काललाई गाउँकै उत्पादन राहतमा प्रयोगमा गर्ने निर्णय भएकाले सोहीअनुसार गरेका छौँ”, अध्यक्ष घर्तीले भने, “अवस्था हेरेर राहत वितरणलाई थप गर्छौँ ।” बजारबाट नकिनी गाउँमै उब्जाउ भएको अन्नबालीलाई राहतमा प्रयोग गर्ने गाउँपालिकाको सोचलाई धेरै रुचाएका पनि छन् । निसीखोला गाउँपालिकाले एक हजार ३५ विपन्न परिवारलाई राहत वितरण गरेको जनाइएको छ । प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख र गाउँपालिकाबाट रु पाँच लाख थप गरी रु १० लाख बराबरको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताएका छन् ।
कतै राहत कोष, कतै ‘फुड बैङ्क’
बागलुङ नगरपालिकाले दैनिक ज्यालादारीमा निर्भर श्रमिक र मजदुरलाई राहत उपलब्ध गराउन ‘फुड बैङ्क’ सञ्चालनमा ल्याएको छ । बागलुङ जेसीजको सहयोगमा स्थापना गरिएको ‘फुड बैङ्क’ मा सङ्कलित खाद्यान्न बाहिरबाट आई नगरपालिकामा काम गर्ने मजदूरका परिवारलाई वितरण गर्ने गरिएको छ । लकडाउनका कारण कोही भोकभोकै रहन नपरोस् भनेर ‘फुड बैङ्क’ स्थापना गरिएको नगरपालिकाले जनाएको छ । ‘फुड बैङ्क’मा व्यक्ति तथा सङ्घसंस्थाले खाद्य सामग्री सहयोग गरिरहेका छन् । नगरपालिकाले १४ वटै वडामा ज्याला, मजदूरी गरेर परिवार पाल्ने परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको छ ।
उता जैमिनी नगरपालिकाले रु ३० लाखको कोरोना विशेष राहत कोष स्थापना गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उक्त कोष परिचालन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले पनि राहत वितरण तथा उद्धारलाई निरन्तरता दिएको छ । जिल्लाका दशै स्थानीय तहले सङ्कटको यस घडीमा गरिब तथा विपन्न परिवारको सारथी बनेर सघाइरहेका छन् । राहत वितरणमा मात्र नभएर लकडाउन पालना, क्वारेन्टाइन निर्माणलगायत कोरोना रोकथामको अभियानमा स्थानीय तह सक्रिय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार