शुक्रबारदेखि भेरी अस्पतालमा पिसिआरको परीक्षण शुरु हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार २१:०:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/CORONA-14_HhvPxLggtZ.jpg)
४ वेशाख नेपालगञ्ज । भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौंबाट विज्ञसहितको टोली आज यहाँ आउने भएको छ । विज्ञको टोलीले पिसिआर ‘पोलिमरेज चेन रियाक्शन’ ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु हुने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाका अनुसार कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालनविज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण शुरु हुन सकेको थिएन । नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा थापाले बताए ।
प्रदेश नं ५ सरकारले भेरी अस्पतालबाट कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने निर्णय गर्नासाथ यसको तयारी शुरु गरिएको थियो । त्यसका लागि अस्पतालले एक माइक्रोबायोलोजिष्ट र अन्य ल्याब टेक्निशियनलाई तयारी अवस्थामा समेत राखिसकेको छ । डा. थापाका अनुसार अस्पतालमा रु २५ लाख मूल्यको पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएका छन् । आवश्यक जनशक्ति र पर्याप्त किट्स भएमा दिनमा १०० भन्दा बढी नमूना जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।
घर घरमा सामाजिक सुरक्षा भत्ता
चन्द्रौटा – कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ का ७५ वर्षीय मतिउल्ला मुसलमानलाई नगरपालिकाका प्रतिनिधिले घरमै आएर वृद्धाभत्ता दिएपछि खुशी छन । सधैँ वृद्धा भत्ता लिन अर्को टोलमा जानुपर्ने भए पनि यस पटक आफ्नै घरमा आएर रकम दिएको उनले बताए ।
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घर घर पुगेर वितरण गरेका छन् । बैंकिङ प्रणाली लागू नगरेका स्थानीय तहले अहिले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । कपिलवस्तुको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर वितरण गरिसकेका छन् ।
कृष्णनगर नगरपालिकाले चार हजार ८९० जनालाई भत्ता वितरण गरेको छ । नगरमा रहेका १२ वडामध्ये एउटा वडा मात्र बाँकी रहेकाले बिहीबारसम्म सबैलाई वितरण गरिने नगरपालिकाका सूचना अधिकारी साकिर अहमद साहले जानकारी दिए । दोस्रो चौमासिकअन्तर्गत घर घरमा पुगेर रु चार करोड २३ लाख ९१ हजार ७०० वितरण भएको उनले बताए ।
सङ्कटको बेलामा सरकारले प्रदान गर्ने भत्ता वितरण गरेपछि नागरिकको जीविकोपार्जनमा केही सहजता भएको नगप्रमुख रजतप्रताप साहले बताए। उनले वडाध्यक्ष र वडा सचिवलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा दिएको बताए ।
त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै विपन्न परिवारलाई प्राथमिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । गाउँपालिकामा रहेका सात वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई रु दुई करोड ५६ लाख वितरण गरिएको उहाँले बताए ।
शिवराज नगरपालिकाले पनि बैंकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । वडा सदस्यबाट विपन्न परिवारको नामावली लिएर उनीहरुलाई दैनिक २५ जनाभन्दा कमलाई बैंकमा उपस्थित गराई वितरण गर्ने योजना बनाएको छ । विपन्न नागरिकलाई शुरुमा प्रदान गरिने शिवराज नगरपालिका–३ का अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार