बाहुबली शैलीमा नेकपाका जनप्रतिनिधि, वडाध्यक्ष गैरेको हात भाँचियो
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ शुक्रबार ०:२६:१८
४ वैशाख, वालिङ । विश्व नै कोरोना भाइरस (कोभिड १९) को आतंकले आक्रान्त भैरहेको बेला स्याङ्जाका जनप्रतिनिधिहरु भने बाहुबली शैलीमा हानाहानमा उत्रिएका छन् । देशका विभिन्न स्थानीय तहमा जनप्रतिनिधिहरुका अनेकन घटनाहरु बाहिरिएका बेला स्याङ्जामा सत्तारुढ नेकपा कै जनप्रतिनिधि बीच मारपिट भएको हो ।
संघीयताको अभ्यासका यो चरणमा बेलाबखतमा विभिन्न ठाउँका जनप्रतिनिधिले अनेकन काण्डहरु घटाईरहेका छन्। पदीय शक्तिको दुरुपयोग गर्दै लकडाउन उल्लंघन समेत गरेको पाइएका समाचारहरु बाहिर आइरहेको बेला स्याङ्जाको गल्याङ्ग नगरपालिका अन्तर्गत चिउरीको एक कटेजमा आज जनप्रतिनिधि बीच नै हानाहान भएको छ ।
जिल्ला समन्वयका समिती स्याङ्जाका उपप्रमुख दीलिप बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अनन्तराज गैह्रेबीच झडप भएको हो । झडपमा वडाअध्यक्ष गैरेको हात भाँचिएको र उनलाई उपचारको लागि पोखरा लगिएको छ ।
जनप्रतिनिधिले पासको दुरुपयोग गरि अनावश्यक कार्य गरिरहेको गुनासो आएको बेला जनप्रतिनिधि बीचमै कुटाकुट हुनु दुखद पक्ष हो भन्दै घटनाको चौतर्फी आलोचना भएको छ । घटना हुदाँ वालिङ क्षेत्रका केही अन्य नेताहरू समेत होटलमा सहभागी थिए ।
घटनाको बिषयमा हामीले वडा अध्यक्ष अनन्तराज गैह्रेलाई सम्पर्क गर्दा आफु कुटपिटमा परेको बताउँदै वडा प्रहरी कार्यलय वालिङमा उजुरी दर्ता गरेको बताए । उनले राहत वितरणमा गएको बेला आफुलाई कुटपिट गरिएको बताए । यसैबीच जिल्ला समन्वय समितिका उपप्रमुख दीलिप बगालेले सामान्य धकेला धकेल मात्र भएको दावी गरे ।
कालीगण्डकी गाउँपालिकामा लकडाउनको प्रभावकारिता अनुगमनमा गएर फर्कदा बाँयटारीको एउटा कटेजमा भेट भएको तर अरु बिषयमा आफुलाई कुनै जानकारी नभएको बगालेको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार