रिपोर्ट नेगेटिभ आएपछि जिल्लाबासीमा त्रास कम, दुई टोलमा शिलबन्दी जारी
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ शुक्रबार १:१:३४
♦ धीरुभाई
४ बैशाख, सप्तरी । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि दुई टोललाई गरिएको शिलबन्दी बिहीबार पनि जारी रहेको छ । तर, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेशनमा उपचाररत उनीसहित सातजना जमातीको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेभिट आएको छ । यसले जिल्लाबासीमा त्रास कम भएको छ ।
गत मंगलबार उनीहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट गर्दा दुई जनाको रिपोर्टमा कोरोना पोजेटिभ पाइएपछि जिल्लाबासी त्रसित भएका थिए । दुई दिनदेखि त्रसित जिल्लाबासीसहित स्थानीय प्रशासन पनि हाईअर्लट (उच्च सर्तकता) अपनाउन थालेका छन । पोजेटिभ पाइएका व्यक्तिको टोल तुरुन्त शिलबन्दी गरी घरबाट कसैलाई निस्किन नदिनुको साथै आवतजावत पूर्ण बन्द ग¥यो । शिलबन्दी बिहीबार पनि जारी रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।
दुई जनामा पोजेटिभ पाइएपछि उनीसहित सातै जनाको थ्रोट स्वाब परीक्षणको (पीसीआर) लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । बुधबार साँझ उनीहरुको नेगेटिभ रिपोर्ट आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) को रिपोर्टमा तिलाठी कोइलाडी गाउँपालिका १ का ५८ वर्षीय र खडक नगरपालिका ११ का ५१ वर्षीय गरी दुई जनामा कोरोनाको पोजेटिभ पाइएको थियो । पछि यी दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा नै राखेर उपचार गरिरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुको गृह टोल बेलही र जाँजरमा शिलबन्दी जारी छ ।
गत मार्च ८ र ९ मा नयाँदिल्लीको निजामुद्दिन मस्जिदमा आयोजित मरकज (धार्मिक भेला) मा सहभागी भएर जमाती (धर्म प्रचारक)का रुपमा आठ जना जिल्ला फर्किएको बताइएको छ । आठ जना जमातीमध्ये सात जनाको रिपोर्ट आएको छ भने एकजनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
आठजना जमातीमध्ये खड्ग नगरपालिकाका तीनजना, राजविराज नगरपालिका, सुरुंगा नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका एकएकजना रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार