आरडिटी रिपोर्ट पोजेटिभ, स्वाब परीक्षण नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार १५:२४:५६
५ वैशाख, काठमाडौं । प्रदेश नं २ मा ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट ६५९ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । सोमध्ये ६५७ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती दुई जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । यस प्रदेशको सप्तरीमा १६१, सिरहामा ५०, बारामा ४९, पर्सामा ४८, महोत्तरीमा ३३, सर्लाहीमा ५७, रौतहटमा सबैभन्दा बढी २०८ र धनुषामा १८ जनाको बिहीबार मध्याह्न १ बजेसम्ममा आरडिटी परीक्षण सम्पन्न भइसकेको सचिव घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै यस प्रदेशमा ५३५ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा ४५४ जना रिपोर्ट नेगेटिभ आएको छ भने ७७ जनाको रिपोर्ट आउन बाँकी छ । चार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती चार जनाको सम्बन्धमा यसअघि नै सार्वजनिक भइसकेको छ । यसका साथै यस प्रदेशमा एक हजार १३७ क्वारेन्टाइनमा, एक हजार ५२५ होम क्वारेन्टाइनमा र १२ जना आइसोलेसनमा छन् ।
प्रदेश सरकारले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई विशेष कोरोना अस्पतालका रुपमा परिणत गरिएको छ । उक्त अस्पतालमा कोरोनाको सङ्क्रमितको मात्र उपचार हुनेछ भने नेशनल मेडिकल अस्पताल वीरगञ्जमा अन्य रोगबाट पीडितहरुको सरकारी अस्पतालको मापदण्डकै आधारमा उपचार व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार