स्वास्थ्यमन्त्रीको रणनीति, सेनाको आडमा निजी क्षेत्रसँग साँठगाँठ
कुसुम सेञ्चुरी
बैशाख ५, २०७७ शुक्रबार १७:४८:४१
५ बैशाख, काठमाडौं । नेपाली सेनालाई चरम विवादमा तानेर सरकारले निजी क्षेत्रमार्फत स्वास्थ्य सामग्री मगाएको छ । नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान चीनको गोन्जाओबाट अहिले बिहान निजी क्षेत्रको लागि स्वास्थ्य सामग्री लिएर आइपुगेको छ ।
एकातिर सेनामार्फत जी टू जी अर्थात सरकार–सरकार तहमा सामग्री ल्याउने गरी सेनालाई अग्रसर गराउने अनि सामान चाहिं निजी क्षेत्रमार्फत खरिद गर्ने केपी ओली सरकारको दोहोरो चरित्रले विवाद अझै बढाएको छ । यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालको स्वार्थमा गत चैत १६ गते ओम्नी समूहसँग स्वास्थ्य सामग्री ल्याउन सम्झौता गरिएको थियो । तर ओम्नीले महंगो र गुणस्तरहिन सामान ल्याएपछि सर्वत्र चर्काे विरोध भएको थियो । बिरोध थाम्न नसकेपछि सरकारले ओम्नीसँगको सम्झौता रद्ध गरेको थियो । साथै आलोचनाबाट जोगिन नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न निर्देशन पनि दियो सरकारले ।
तर यो केपी ओली सरकारको अर्काे चालबाजी मात्र थियो । मौकामा चौका हान्नुपर्छ भन्ने कम्युनिष्ट सिद्धान्तलाई ओलीले त्याग्ने कुरै भएन । त्यसैले सेनाको आडमा स्वार्थ पूरा गर्ने रणनीति बनाइएको छ । एकातिर सेनालाई देखाउने अर्कातिर निजी क्षेत्रमार्फत सामान मगाएर कमिशन बजाउने नीति अपनाइएको छ । जसले गर्दा नेपाली सेनाको जनमानसमा साख र विश्वास ध्वस्त होस् भन्ने ओलीको चाहना प्रष्टै देखिएको छ ।
सेना भने तीन साता वितिसक्दा पनि खरिद प्रक्रिया मिलाउने झण्झटबाटै उम्किन सकेको छैन । सेनालाई विवादमा तान्न पाए कम्युनिष्ट शैलीको शासन गर्न पाइने सोच र धारणा सत्ताधारी वर्गमा रहेको प्रतीत हुन्छ । यसबाट स्पष्ट हुन्छ, सेनालाई गलत बाटोतिर डो¥याएर ओली नेतृत्वको सरकार आफ्नो स्वार्थ पूरा गर्दैछ । सेनाले ल्याउने भनिएका सामान निजी क्षेत्रले ल्याउने क्रम जारी छ ।
ती सामान लिंदा सरकारलाई गतिलो कमिशन आउँछ – स्वास्थ्य मन्त्रालयका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा नेपालबहस डटकमसँग भने । नेपाली सेना जस्तो तटस्थ र जनताको भरोशायोग्य संस्थालाई अनावश्यक रुपमा विवादमा तान्ने योजनाबद्ध तयारी स्वास्थ्यमन्त्रीले गरेको खुलासा उनले गरेका छन् । ओम्नीले ल्याएको सामान विवादास्पद भएपछि छटपटाएका स्वास्थ्य मन्त्री ढकालले आफू निकटस्थलाई मन्त्रालयमै बोलाएर यस्तो योजना बनाएको जानकारी उनले दिएका छन् ।
उक्त छलफलमा भेला भएका मध्ये स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सेनालाई जिम्मा दिँदा उसले समयमा ल्याउन नसक्ने र निजी क्षेत्रमार्फत लिन सकिने राय दिएका थिए – स्रोतको भनाई छ । त्यसैले सेनाको काँधमा बन्दूक राखेर स्वास्थ्य मन्त्रीले गोली चलाए भन्दै उनले भने –यसबाट बद्नामी भए सेनाको हुने राम्रो भए सरकारले जश लिन पाउने तर्क सचिव कोइरालाले दिएका थिए ।
सेनालाई स्वास्थ्य सामग्री किन्न निर्देशन दिइएपनि अहिलेसम्म रकम निकासा गरिएको छैन भन्दै स्रोत भन्छ– योजनाबद्ध रुपमै सेनाको छवि धुमिल पार्ने चाला हो । सेनालाई पक्रियागत झण्झटमा अल्मल्याएर निजी क्षेत्रसँग आवश्यक सबै सामग्री किन्ने दोहोरो नीति लिइएको छ – उनले भने । सरकारले स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाउन सेनालाई निर्देशन दिएलगत्तै त्यसको चौतर्फी आलोचना भएको थियो ।
तर सेनाले सरकारको निर्देशन बमोजिम प्रक्रिया अगाडि बढाएको छ । जंगी अड्डाले सरकारी निर्देशन पाएपछि चीन, भारत, इजरालय लगायतका मुलुकसँग औषधि तथा स्वास्थ्य उपकरण खरिद गर्न पत्राचार गरेको थियो । ती मध्ये चीन र भारतले सेनाले मागेअनुसारको सामग्री पठाउन सकिने जानकारी समेत दिइसकेका छन् । सोही बमोजिम सम्बन्धित उत्पादक कम्पनीसँग पत्राचार भइसकेको छ । तर नेपाल सरकारले न बजेट उपलव्ध गराएको छ न प्रक्रियागत झमेलाबाट उन्मुक्ति नै दिलाएको छ ।
यसले गर्दा सेना अनावश्यक रुपमा विवादमा तानिने अवस्था छ । निजी क्षेत्रले भटाभट ल्याउने तर सेना भने केही गर्न नसक्ने विचित्रको वातावरण तयार गरिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार