भोटेकोशीले १ करोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार १७:५६:३२
५ वैशाख,काठमाडौं । भोटेकोशी गाउँपालिकाले रु एक करोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने भएको छ । बिहीबार बसेको गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । गाउँकार्यपालिकाको गत चैत १२ गते बसेको बैठकको निर्णयले नेपाल बङ्गलादेश बैंकमा स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा नेपाल सरकारको निर्णयबमोजिम छ शीर्षकबाट बजेट रकमान्तर गरी उक्त कोष निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त प्रकोप व्यवस्थापन कोषमा पदाधिकारी तथा कर्मचारी भ्रमण शीर्षकबाट रु १० लाख, खेलकुद, उत्सव तथा महोत्सव शीर्षकबाट रु १० लाख, एम्बुलेन्स खरिद शीर्षकबाट रु १० लाख, घुम्ती शिविर सञ्चालन कार्यक्रमबाट रु १० लाख, गुरुयोजना तथा डिपिआर तयार शीर्षकबाट रकमान्तर गरेर र प्रदेश सरकारबाट प्राप्त हुने रु १० लाख गरी रु एक करोड २० लाखको कोष निर्माण गरिने छ ।
यस्तै कार्यपालिका बैठकबाट सरकारले लागु गरेको लकडाउनको समयमा जीवनयापन गर्न कठिन भइरहेका असङ्गठित श्रमिक, अति विपन्न परिवार, अपाङ्ग, एकल महिला आदिको पहिचान गरी प्रतिपरिवार ३० केजी चामल दुई केजी दाल, दुई केजी नुन, दुई लिटर तेल, एक केजी मस्यौरा र दुई वटा साबुन वितरण गर्नेसमेत निर्णय भएको छ । राहत वितरणका लागि पालिकाले तयार गरेको इ–बिड प्रक्रियाबाट प्रतिस्पर्धा गराई खरिद गरिने छ ।
सरकारले यही वैशाख १५ गतेसम्मका लागि तय गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन पालिकाभित्रका अत्यावश्यक तरकारी तथा खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णयसमेत भएको पालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार