गाउँपालिकाको राहतले छुन सकेन जङ्गल छेउको मुक्तहलिया बस्ती
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार १८:१३:४९
५ वैशाख,डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नं १ भेटास्थित मुक्तहलिया बस्तीमा सरकारको राहत पुग्न सकेको छ्रैन । बन्दाबन्दी समयमा दैनिक ज्यालामजदूरी गर्ने वर्गका लागि स्थानीय तहमार्फत राहत वितरण भइरहे पनि मुक्तहलिया बस्तीमा नपुगेको स्थानीयवासीले गुनासो गरेका छन् । बाह्र वर्षदेखि जङ्गल छेउ बस्दै आएका मुक्तहलियाले वडा कार्यालयबाट आफूहरुले अहिलेसम्म प्रतिपरिवार एकएक मास्क र दुई साबुन मात्रै पाएको बताएका छन् ।
दैनिक ज्यालादारी गरेर गुजारा गर्ने यहाँका मुक्तहलिया लकडाउनपछि आफूहरु घरमै बस्न बाध्य भएको र साँझबिहान खानका लागि समस्या भएको बताउँछन् । भारतको दिल्लीबाट फर्किएको एक परिवारले भने १४ दिन क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य परीक्षण गरी ३० केजी चामल पाएको जानकारी दिएको छ । ठूलो परिवार रहेकाले पाइएको चामलसमेत सकिन लागेको सो परिवारको गुनासो छ ।
मुक्तहलिया अगुवा भरत सार्कीले दैनिक ज्यालामजदूरी गरी खाने वर्ग मुक्तहलियालाई अहिले खाद्यान्न समस्या भएको बताएका छन् । उनले वडा कार्यालय र पालिकालाई राहतका लागि अनुरोध गरिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको गुनासो गरेका छन् । गन्यापधुरा– १ का वडाध्यक्ष चेतराम भट्टले वडाभित्र रहेका मुक्तहलिया परिवारका लागि गाउँपालिकासँग समन्वय गरी राहत वितरण गरिने आश्वासन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार