कोरोना संभावित १८८ को आरडीटीमा सबैको नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २०:५८:५८
५ बैशाख, सप्तरी । सप्तरीको विभिन्न स्थानमा कारोना संक्रमित आशंकामा १८८ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गरिएकोे छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालयमार्फत जाँच गरिएकाहरुमध्ये दुई जनामा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ती दुबै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वाब सकंलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
आरडीटीसँगै १८८ जनाको मलेरिया जाँच समेत गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
जिल्लाको राजविराज नगरपालिकाको मलेठमा २३, कञ्चनरुप नगरपालिकामा ३२ जना, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा १८, महदेवा गाउँपालिकामा छ, हनुमाननगर कंकालिनी नगरपालिकामा २१, तिलाठी कोइलाडी गाउँपालिकामा पाँच, बोदेवर्साइन नगरपालिकामा १०, बलान बिहुल गाउँपालिकामा १३, खडग नगरपालिकामा १८ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिएको थियो । यसैगरी डाक्नेश्वरी नगरपालिकामा दुई, राजगढ गाउँपालिकामा दुई, छिन्नमस्ता गाउँपालिकामा चार जनाको आरडीटी गरिएको बताइएको छ ।
यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमार्फत १८ जनाको स्वाब परीक्षण गरिएको छ । ती सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोे छ । यस अस्पतालको आइसोलेशनमा शंकास्पद चार जनाको उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने
जेठ १२, २०८१ शनिबार
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो उद्योगमन्त्रीलाई प्रतिवेदन
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार