संक्रमणविरुद्धको अभियानका लागि झापाका स्थानीय सरकारलाई राजनीतिक दलको साथ
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २१:४४:३५
५ वैशाख, झापा । कोभिड–१९ को संक्रमणविरुद्धको अभियानमा झापाका स्थानीय सरकारलाई यहाँका राजनीतिक दलहरुले साथ दिइरहेका छन् । जिल्लामा क्रियाशील ठूला–साना सबै राजनीतिक दलले स्थानीय सरकारलाई कोरोनाविरुद्धको अभियानमा रणनीतिक योजना बनाउनेदेखि विपन्न परिवारलाई राहत वितरणसम्म सहयोग गरिरहेका हुन् । झापामा मुख्यतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी क्रियाशील छन् भने अन्य साना दलहरु पनि सक्रिय छन् । कोरोनाविरुद्ध अभियानमा यहाँका दलले नगद, खाद्यान्न, जनचेतना अभिबृद्धिका लागि सूचना प्रवाह गरिरहेका पाइएको छ ।
नेकपा झापा अध्यक्ष चिन्तन पाठकले लकडाउन अगावै झापामा कोरोना भाइरसविरुद्धको सचेतनामूलक दुई लाख प्रति पर्चा छापेर बाँडेको बताएका छन् । “जिल्लाका अधिकांश स्थानमा जनचेतनामूलक पर्चा घरघरमा बाँडियो”, उनले भने, “लकडाउनका कारण केही स्थानबाहेक सबैतिर पुगेको छ ।” एफएम रेडियोमार्फत् पनि सूचना प्रवाह गरिरहेको उनले बताएका छन् । नेकपा झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कारोना विपद् व्यवस्थापन कोषमा रू एक लाख सहयोग गरिसकेको छ । त्यस्तै, स्थानीय तह अन्तरगतको कमिटीले मेचीनगर, बिर्तामोड, झापा गाउँपालिका, हल्दिबारी, कचनकवल, दमक र गौरादहको कोरोना कोषमा नगद र जिन्सी (चामल) सहयोग गरिसकेको अध्यक्ष पाठकले जानकारी दिएका छन् ।
“राहत वितरणको अवधारणा एकद्वार प्रणालीबाट गरिने भएकाले राहत संकलन गरेर स्थानीय तहको कोषमा जम्मा गरिएको छ”, उनले भने, “एक साताभित्र जिल्लाका १५ वटै स्थानीय तहमा सक्दो सहयोग हुन्छ ।” स्थानीयतहअनुसार राहत वितरणमा एकरुपता नभएकाले त्यसमा एकरुपता ल्याउने र आधारभूत वर्गका नागरिकलाई राहत दिने कुरामा पार्टी लागि परेको उनले बताएका छन् । “संकटको वर्तमान अवस्थामा आफू सचेत भएर बस्ने र अरुलाई पनि बचाउने बेला भएको बताउछन्”, नेपाली कांग्रेस झापा सभापति उद्धव थापा । स्थानीय तह अन्तरगतको समितिमार्फत् राहत संकलन गरेर स्थानीय तहलाई दिने काम भइरहेको उहाँले बताए । “संकटका बेलामा राहत वितरणमा विवाद र पारदर्शी नभएको भन्ने कुरा आइरहेको छ”, उनले भने, “यो पार्टी, त्यो पार्टी नभनी नागरिकले राहत पाउनु पर्छ ।”
उनले झापाका सबै राजनीतिक दलले अहिले कारोना विरुद्धको अभियानमा स्थानीय सरकारलाई सक्दो सहयोग गरिरहेको उनले बताएका छन् । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन पार्टीगत रुपमा सल्लाह–सुझाव दिइरहेको उनले उल्लेख गरेका छन् । कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय नै लकडाउन भएकाले सबैलाई लकडाउनको पूर्णपालना गर्न/गराउन नागरिकको दैनिक अत्यावश्यक वस्तुको व्यवस्थापन जरुरी रहेको थापाको कथन छ । कांग्रेस नगर समितिले पनि सम्बन्धित स्थानीय तहलाई आर्थिक, जिन्सी सहयोग गरिरहेका छन् । मेचीनगर, बिर्तामोड, बुद्धशान्ति, झापा गाउँपालिका, शिवसताक्षी, भद्रपुरलगायत स्थानीय तहमा सहयोग गरिसकेको र गर्नेक्रम जारी रहेको पार्टीले जनाएको छ ।
कोरोना विरुद्धको अभियानमा पार्टीको पूर्णरुपमा साथ र समर्थन रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका उपाध्यक्ष कमल खरेल बताउछन् । “संकटका बेलामा कुनै दल वा व्यक्ति भन्नु हुँदैन”, उनले भने, “यो अभियान हामी सबैको साझा हो, यसमा सबैको साथ र समर्थन उत्तिकै छ ।” स्थानीय सरकारलाई सकेको आर्थिक एवम् नीतिगत सुझाव दिएर सहयोग गरिरहेको उनले बताएका छन् ।
झापाका स्थानीय तहको कोरोना कोरोना कोषमा रू ५ करोड ९६ लाख जम्मा भइसकेको छ । हालसम्म जिल्लाका ३९ हजार ३७१ घरधुरीका १ लाख ६० हजार ४१३ जनालाई राहत वितरण गरिएको छ । झापामा झापाका १५ वटा स्थानीय तहले ७५१ जना क्षमताको २७ वटा क्वारेन्टाइन बनाएका छन् । हाल उक्त क्वारेन्टाइनमा १७५ जना रहेका छन् । त्यस्तै, जिल्लाभर होम क्वारेन्टाइनमा १ हजार ४१ जना रहेका छन् । क्वारेन्टाइन अवधि पूरा गरेका १८२ जना घर फर्किसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार