विभिन्न मुलुकबाट स्वदेश फर्किनेको कोरोना परीक्षण जारी
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २१:५०:११
५ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ । हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र ती मध्ये सबैको नतिजा नेगेटिभ आएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् । उनका अनुसार कामपाले सबै वडामा कोभिड–१९ को परीक्षण जारी राखेको छ ।
अघिल्लो हप्ता विदेशबाट आएकाको तथ्याङ्क लिइसकको कामपाले गत बुधबारदेखि कोरोनाको परीक्षण पनि शुरु गरेको हो । सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि कामपाले परीक्षण शुरु गरेको हो । कामपा जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर विदेशबाट आएकाको विवरण सङ्कलन गरिएको थियो ।
कामपाका प्रमुख विद्या सुन्दर शाक्यले विदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र कोरोना भाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्वन्धित वडामा सम्पर्क गर्न अनुरोध गरेका छन् । “यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ । छिमेकलाई पनि ढुक्क हुन्छ । ”उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार
नवनियुक्त अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
जेठ १५, २०८१ मंगलबार
पारित भयो सरकारको मध्यकालीन खर्च संरचना
जेठ १५, २०८१ मंगलबार