पूर्वउद्योगमन्त्री जोशीद्धारा सङ्कट समाधानका लागि स्वदेशी उद्योग परिचालन गर्न सुझाव
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २३:३२:२
५ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै सङ्कटमा फसेका बेला मुलुकभित्रको सङ्कट समाधानका लागि स्वदेशी उद्योग परिचालन गर्न सुझाव दिएका छन् ।
उनले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्रमार्फत उपलब्ध स्रोत सामग्रीको अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादनद्वारा राष्ट्र र जनतालाई सहयोग पु¥याउन देशभित्रैका उद्योगलाई प्रोत्साहित गरी वर्तमान समस्या समाधान गर्न सरकार तत्पर रहनुपर्ने सुझाव दिएको हो । औद्योगिक क्षेत्रका साथै अन्य अनौपचारिक क्षेत्रमा कार्यरत मजदूर खाद्य सङ्कटका कारण कार्यस्थल छाडेर लामो पैदल यात्रा गरी घरतर्फ जानुपरेको बाध्यतालाई संवेदनशीलताका साथ मनन गरी सरकार र सम्बन्धित उद्योगले मजदूरको सङ्कट तत्काल समाधानमा ध्यान दिनुपर्ने नेता जोशीको सुझाव छ ।
उनले उद्योगी–व्यवसायीसँग छलफल गरी तत्कालै उद्योग सञ्चालन हुने, लगानी नडुब्ने र उद्योग फस्टाउने वातावरण मन्त्रालयले सिर्जना गर्नुपर्ने, उद्यमशीलता, निजी क्षेत्रका लगानी र संयुक्त लगानीका क्षेत्रलाई विश्वास आर्जन हुने गरी सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने पत्रमा उल्लेख गरेका छन् । साथै अतिआवश्यक स्वास्थ्य सामग्री मुलुकभित्रै उत्पादनका लागि स्वदेशी उद्योगहरुसँग सरकारले समन्वय गर्ने र उद्योगीका बीचमा समन्वय गराई अभाव पूर्तिका लागि सक्रिय रहनुपर्ने, सङ्कटमा सहयोग गरेका सबैखाले ठूला तथा साना उद्योगीलाई भविष्यमा कर छुट र ऋणको ब्याजमा सहुलियत दिने व्यवस्था गर्नुपर्ने उनको पत्रमा उल्लेख छ ।
महामारीका रुपमा आएको कोरोना सङ्क्रमणका विरुद्ध प्रभावकारी हुने औषधि नेपालकै औषधि कम्पनीले उत्पादन गरी राहत मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरेका छन् । सङ्कटका बेला काला बजारिया सक्रिय रहने तथ्यलाई बुझेर सरकाले खाद्य उद्योगसँग सहकार्य गरी अभावको अनुभव नहुने गरी जनताले सहुलियतमा जीवन यापन गर्नसक्ने अवसरको सिर्जना गर्नुपर्ने नेता जोशीको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार