मन्त्रिपरिषद्को बैठकद्धारा आफूखुशी राहत बाँड्न नपाउने निर्णय
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २३:४६:३४
५ वैशाख, काठकाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आफूखुशी राहत बाँड्न नपाउने निर्णय गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस प्रभावित जनतालाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा सङ्घ संस्थाले सोझै समुदायमा पुगी राहत वितरण गर्न नपाउने निर्णय गरेको हो ।
आफूखुशी राहत बाँड्दा वास्तविक पीडितले नपाउने र कोरोनाको जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै राहत रकम वा सामग्री सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराई स्थानीय तहबाट मात्र वितरण गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिएका छन् ।
त्यसैगरी, उक्त बैठकले कर्णाली प्रदेश सभाको पाँचौँ अधिवेशन आज राति १२ः०० बजे अन्त्य गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आवागमनका कारण सामुदायिक सङ्क्रमणको सम्भावनाको रोकथामका लागि नागरिक जो जहाँ जुन स्थानमा छन्, सोही स्थानमा रहने बस्ने व्यवस्था मिलाउने र शुरुआती बिन्दुबाट नै प्रस्थान तथा आवागमन गर्न नपाउने गरी रोक लगाई लकडाउनलाई अझ प्रभावकारी बनाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता केसीले बताएका छन् ।
“बैठकले स्थानीय तह, जिल्ला र प्रदेशले फरक स्थानीय तह, जिल्ला र प्रदेशका बासिन्दालाई विभेद र अपमानजनक व्यवहार गर्ने, आफ्नो सिमाना कटाई अलपत्र अवस्थामा छाड्ने गरेको समेत ठहर गरेको छ”, प्रवक्ता केसीले भने, “यस्तो प्रवृत्तिले जनताको जीउधनको सुरक्षामा समेत जोखिम बढ्दै गएको छ ।” उनका अनुसार बैठकबाट नागरिकलाई समान व्यवहार गर्न र सम्मानजनक अवस्थाको सिर्जना गरी सुरक्षा प्रत्याभूति गराउन सबै प्रदेश, जिल्ला र स्थानीय तहलाई निर्देशन हुनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार