लकडाउनका समयमा पनि तस्करी भएपछि सईहरू तानिए
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शनिबार ०:३८:३६
५ बैशाख, बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले मातहतको भीष्वा चौकीका सई मुक्तिनारायण यादवलाई जिल्लामा तानेको छ । लकडाउनको समयमा पनि भारतीय तस्करहरूलाई तस्करीको लाईन दिएर भारततिर सामान पठाएको र तिनै तस्करहरूसँग सगै बसेर मदिरा सेवन गरिरहेको जानकारी एसपी गंगा पन्त कहाँ भिडियोसहित पुगेपछि उनलाई जिल्लामा तानेर सई प्रेम खत्रीलाई पठाइएको छ ।
तर खत्री पनि परवानीपुर चौकीमा कार्यरत रहँदा धेरै बिवादमा परेका प्रहरी अफिसर हुन् । विवाद पछि उनी केही महिना अघि मात्रै वडा प्रहरी कार्यालय बिर्तामा तानिएका थिए । त्यसै गरि इनर्वा चौकीका सई गोकुल बलायरलाई पनि जिल्ला तानिएको छ । इनर्वा चौकी जानका लागि गजानन्द साह र तिलधारी साहको भिडन्त चलेको छ । यी दुवै विवादास्पद प्रहरी हुन ।
प्रमुख भन्सारको मुख्य नाका रहेको इनर्वा तस्करीको पनि उर्वर नाका हो । सो चौकीमा जान विगतमा ठूलो टेण्डर हुने गर्दथ्यो । अब के हुन्छ हेर्नुछ । त्यसैगरि अर्का विवादास्पद सई बैद्यनाथ दास तस्करीको नाकाका रूपमा चिनिएको मिर्जापुर चौकीमा लगिएका छन् । जबकि सो चौकीमा यस अघि असई प्रमुख हुने गर्दथे । लकडाउनका समयमा पनि सीमाको तस्करी छिटफुट रुपमा चलिरहेकै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार