मकैमा फौजी कीराको प्रकोप, किसान चिन्तित
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १४:२०:५७
६ वैशाख, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ । केही सातायता फैलिएको फौजी किराको प्रकोपले वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका किसान चिन्तित बनेका हुन् । बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसेका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राईले बताएका छन् । यस्तै नोभेको करिब २५० रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको मकैबालीसमेत फौजी किराले सखाप बनाएको किसानले बताएका छन् ।
नगरपालिकाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको जानकारी आए पनि प्रभावित क्षेत्र र प्रभावित किसानको यकिन तथ्याङ्क आउन बाँकी रहेको कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताएका छन् । गोड्ने बेला भएको मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसान अन्योलमा परेका छन् । प्रभावित क्षेत्रको निरीक्षण गर्न तीन जनाको प्राविधिक टोली परिचालन गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताएका छन् । “किसानले बाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप देखिन थालेको छ”, उनले भने, “नियन्त्रण गर्न विषादी खरिदका लागि सम्बन्धित निकायमा पहल थालेका छौँ ।”
ढाडमा पहेँलो तथा सेतो धर्सा देखिने धुस्रे किराले मकैको पातसँगै डाँठसमेत खाएर ठुट्टा बनाएको किसानले बताएका छन् । रातको समयमा सक्रिय हुने फौजी किराले आसपासको रुखपातसमेत सखाप पारेको किसानको भनाइ छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्ष पनि फौजी किराको प्रकोप अधिकांश स्थानीय तहमा फैलिएको थियो । फौजी किराको असर गत वर्ष सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढी देखिएको थियो । खडेरीको समेत असर परेको उक्त नगरपालिकामा गत वर्ष फौजी किराले सबै प्रकारका बालीनाली सखाप पारेपछि यस वर्ष भोकमरी शुरु भएको छ । फौजी किराको प्रकोप तथा खडेरी प्रभावित स्थानीयवासीमा शुरु भएको भोकमरी नियन्त्रण गर्न नगरपालिकाले निःशुल्क खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।
जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको उक्त नगरपालिकाले राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरेर खाद्यान्न वितरण गरिरहेको जनाइएको छ । फौजी किराको प्रकोप तथा लामो समयको खडेरीका कारण अन्नबालीको बीउ राख्नसमेत नपाएका स्थानीय बासिन्दालाई नगरपालिकाले निःशुल्करूपमा मकैको बीउ पनि वितरण शुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार