कोरोनाको परीक्षण तीव्र बनाउन मुख्यमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १४:४३:२९
६ वैशाख, काठमाडौं । मुख्यमन्त्री शङ्कर पोखरेलले भैरहवा, दाङ र नेपालगञ्जका प्रयोगशालामा कोरोना भाइरस परीक्षणको गति तीव्र बनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहितको प्रगति समीक्षा बैठकमा उनले भैरहवाको प्रयोगशालामा परीक्षणको गति बढाउन तथा दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
“अब अझै कामको गति बढाऔंँ, तत्काल कामको नतिजा चाहिएको छ, धेरै मेहनत गरेर अहिलेसम्मको कामको नतिजा निकालौंँ, परीक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मेहनत काम लाग्छ”, उनले शुक्रबार भने । प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवा तथा बाँकेको खजुरा र दाङको बेलझुण्डीमा सघन उपचार कक्षसहितको कोरोना आइसोलेशन अस्पताल निर्माण गरेको छ । कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र बिरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिएका छन् ।
बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट, निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने कामबारे जानकारी गराउनुभएको थियो । भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको तथा नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार