लकडाउनले उखु किसान मारमा, ३५ बिघा क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न बाध्य
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १४:५८:१७
६ वैशाख, झापा । अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित छन् । उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै उनमा चिन्ता थपिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको भारतीले बताएका छन् ।
“उखु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके”, उनले भने, “३५ बिघा क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न पनि अब सक्ने अवस्था रहेन, लकडाउनले मजदुरसमेत पाइँदैन ।” “उखुखेतीबाट झण्डै रु ४० लाख आम्दानी गरौँला भन्ने थियो । अब त आस हराउँदै गयो, अझ दुई चारदिन लकडाउन लम्बिने हो भने उखु बारीमा आगो छाड्दा हुन्छ”, भारतीले भने ।
उखुखेतीका लागि रु ३०/३५ लाख लगानी भएको छ, अब लगानी कसरी उठाउने उनले दुखेसो पोखे । लामो समयदेखि व्यावसायिक उखुखेती गर्दै आउनुभएका भारती झापामा जुस बनाउने उखुखेती गर्ने पहिलो कृषकका रूपमा चिनिन्छन् । उनले विसं २०४८ अघिदेखि उखुखेती गर्दै आउनुभएको हो । जुसका लागि उनले उत्पादन गरेको उखु झापाका बजारसहित काठमाडौँ, पोखरासम्म पुग्ने गरेको थियो । तर, लामो समयसम्म मुलुक लकडाउन हुँदा उहाँले समयमा उखु बिक्री गर्न सकेनन् ।
अर्जुनधाराकै कतिपय कृषकले समयमा उखु बिक्री गर्न नसकेर बगानमै आगो लगाएको भारतीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार