माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, तीन घाइते
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १५:३६:६
६ वैशाख, काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताएका छन् । माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताएका छन् । उनको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।
सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । नौ वर्षीया एनिषा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन् । यसैबीच शुक्रबार बेलुका पाँचखाल नगरपालिका–८ चौउन्न किलोस्थित अरनिको राजमार्गमा सिन्धुपाल्चोकबाट धुलिखेलतर्फ आउँदै गरेको बा११च १५४१ नंको स्कारपियो गाडी सडकबाट तल खस्दा घाइते भएका पाँच जना धुलिखेल अस्पतालमा उपचार गरी त्यहाँबाट काठमाडौँस्थित ओम अस्पतालमा सिफारिस गरिएको प्रहरीले जनाएको छ ।
सडकबाट अन्दाजी २०० मिटर तल चाखोलामा खसी दुर्घटना हुँदा स्कारपियोमा सवार सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ सुकेधारा बस्ने प्रनिशा खत्री, सोही ठाउँ बस्ने सरिता खत्री, हार्दिक खत्री, काठमाडौँ पेप्सिकोला बस्ने विष्णु पौडेल र भक्तपुर बस्ने शम्भुबहादुर तिमल्सिना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
कात्तिक २०, २०८१ मंगलबार