गाउँपालिकाद्धारा दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १५:४१:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/aausadhi_lyyHFzfvf9.jpg)
६ वैशाख, बैतडी । डिलाशैनी गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पु¥याउने भएको छ । जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तमनाथ योगीले बताए । दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बिरामीको घरमा नै औषधि पु¥याउने व्यवस्था गर्न लागिएको हो ।
प्रत्येक वडामा नियमित औषधि सेवन गरिरहेका नागरिकको तथ्याङ्क सङ्कलन गरिने र त्यसपछि गाउँपालिकाले औषधि खरिद गरेर घरघरमा पु¥याउने नाथको भनाइ छ । लकडाउन अवधिभर नियमित औषधि सेवन गरिरहेकाहरुका लागि यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा उसको नजिकको परिवारको सदस्यको रु १० लाखको बीमा गरिदिने निर्णय गरेको छ । उसका आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कोषमा गाउँपालिकाअन्तर्गतका कर्मचारीको १० दिनको तलबकट्टा गरी जमा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णयसमेत भएको प्रवक्ता रानाले जानकारी दिएका छन् । यस्तै कोरोना भाइरस रोकथामका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिएका छन् ।
डेरामा बस्ने विद्यार्थीलाई खाद्यान्न
बैतडीको दोगडाकेदारस्थित चनैराज माध्यमिक विद्यालयले डेरा गरी बस्ने विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरेको छ । विद्यालयमा आइएस्सी एजीमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कैलाशकुमार भट्टले जानकारी दिए ।
विभिन्न जिल्लाबाट डेरा गरेर बसेका विद्यार्थीलाई जारी लकडाउनका कारण समस्या भएपछि विद्यालयले खाद्यान्न वितरण गरेको हो । डेरा गरी बसेका नौ विद्यार्थीलाई प्रतिविद्यार्थी १० केजी चामल, दुई केजी दाल, दुई केजी आलु, एक केजी नुन र एक लिटर तेल वितरण गरेको विद्यालयले जनाएको छ । समास्यामा परेमा विद्यार्थीलाई कतैबाट सहयोग नभएपछि उनीहरुलाई सहयोग गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम भट्टले जानकारी दिएका छन् ।
वडा प्रवेशमा रोक
बैतडीको दशरथचन्द नगरपालिका–२ ले आफ्नो वडामा बाहिरबाट आउने मानिसलाई आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यसमितिले यस्तो निर्णय गरेको हो ।
जारी लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाले विभिन्न पहलसमेत गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार