क्वारेन्टाइनमा भर्ना हुनेको संख्यामा निकै कम, ५३८ मध्ये ३६० डिस्चार्ज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १५:५०:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Quirentine-1_6Z4qr9jSoR.jpg)
धीरुभाई
६ बैशाख सप्तरी । स्थानीय सरकारले सप्तरीको विभिन्न स्थानमा सञ्चालन गरेको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या घटन थालेको छ । क्वारेन्टाइनहरुमा हालसम्म १७ महिला र ५२१ पुरुषसहित ५३८ जना भर्ना भएकोमा डिस्चार्ज भएर १७८ जना मात्र रहेका छन । गत चैत १२ गतेदेखि विभिन्न मितिमा भर्ना भएकामध्ये १५ महिला र ३४५ पुरुष गरी ३६० जना घर फिर्ता भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
शुक्रबार नयाँ भर्ना नभएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले आजसम्म दुई महिला र १७६ पुरुष गरी १७८ जना मात्र क्वारेन्टाइनमा रहेको जानकारी दिए । क्वारेन्टाइनमा तोकिएको समयावधिसम्म बसेकाहरुमा कोरोना भाइरस (कोभिड–१९) को कुनै पनि लक्षण नदेखिएको र शंकास्पद व्यक्तिहरुको आरडीटी गर्दा नेगेटिभ पाइएपछि घर फिर्ता पठाइएको उनले जानकारी दिए । भारतसहित तेस्रो मुलुकबाट आएका संभावित संक्रमितहरुको खोजी अझै जारी रहेको उनले तर, यस्तो व्यक्तिहरु बारे सूचना कम आउन थालेको बताए ।
यता राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालित ज्वरो क्लिनिक (फिभर क्लिनिक) मा पनि जाँच गराउने संख्यामा पनि कमि आएको अस्पतालले जनाएको छ । अस्पताल र स्वास्थ्य कार्यालयले १७ महिला र २३९ पुरुष गरी २५६ जनाको कोभिड आरडीटी गर्दा २३७ जनामा नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिदै दुई जनामा पोजेटिभ आउँदा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको जानकारी दिए । त्यस्तै १८ महिलाको मलेरियाको आरडीटी गर्दा सबैको परिणाम नेगेटिभ आएको उनले बताए ।
अस्पतालको फिभर क्लिनिकमा जाँच गराउन आउनेको संख्यामा कमि आएको छ । पछिल्लो दुई दिनयता चार-चार जना मात्र फिभर क्लिनिकमा जाँच भएको बताइएको छ । उनीहरु सबैको परिणाम नेगेटिभ रहेको छ । फिभर क्लिनिको जाँचमा ज्वरो देखिएपछि त्यसको पृष्ठभूमी बारे सोधपुछ गरेर शंका लागेमा क्वारेन्टाइनमा रिफर गरिदै आएको छ ।
राजविराज नगरपालिकाको साइकृष्ण मेडिकल भवन, इसलाम मियाँको घर, मलेठको मस्जिद, कञ्चनरुप नगरपालिकाको शंकर मावि, बदगामाको स्वास्थ्य चौकी, हनुमाननगर कंकालीनी नगरपालिकाको हनुमाननगर सामुदायिक भवन, महदेवा गाउँपालिकाको नरबहादुर मावि, सप्तकोसीको जनता मावि फत्तेपुर, मावि भगनीमलेठ, तिलाठी कोइलाडी गाउँपालिकाको बृद्धाश्रम, रुपनी गाउँपालिकाको मावि बसबिट्टी, र विष्णुपुर गाउँपालिकाको जनता मावि विष्णुरको क्वारेन्टाइन रितिएको छ । जिल्लाको १८ स्थानीय सरकारले विभिन्न स्थानमा सञ्चालन गरेको ५८७ बेडमा दुई महिला र १७६ पुरुष गरी १७८ जना मात्र क्वारेन्टाइनमा रहेको छ ।
विभिन्न देशबाट आएका व्यक्तिहरुमा रुघाखोकी र ज्वरो देखिएकाले निगरानी राख्न क्वारेन्टाइनमा राखिएको भन्दै स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले सबैको अवस्था सामान्य रहेको बताए । भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि चार वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन तथा १३ वटा आइसीयू तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार