मुगुकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार १९:३७:०
![](https://nepalbahas.prixacdn.net/media/albums/helicopter_zhR3LVbO9z.jpg)
६ वैशाख, मुगु । सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुका एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा शल्यक्रिया हुन नसकेपछि शुक्रबार उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिएका छन् ।
जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै मन्त्री गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको हो । सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाइटिस बी पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनुपरेको हो ।
लकडाउनले मुलुक ठप्प भइरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यसअघि खोटाङ र सोलुखुम्बुका एक–एक जना गर्भवतीको हेलिकोप्टरबाट काठमाडौँमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो भने डोल्पा र मुगुका पनि एक–एक गर्भवतीको हवाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको व्यवस्था मिलाइएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको छ । यो कार्यक्रमअन्तर्गत हालसम्म ९६ गर्भवती तथा सुत्करी महिलाको निःशुल्क हवाई उद्धार गरिसकिएको छ । यसैबीच मन्त्री गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धारको व्यवस्था हुने भएकाले त्यस्तो कुनै पनि समस्या भएमा तत्काल स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्था वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न सबैलाई आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार