झापाका मस्जिद उच्च निगरानी, सबै धर्मगुरुको स्वास्थ्य परीक्षण
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ आइतबार १:१९:५३
६ वैशाख सुरुङ्गा । उदयपुरको त्रियुगा नगरपालिका– ३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ ।
विर्तामोड र दमक नगरपालिकामा रहेका दुई जमादमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन् । उनीहरुमध्ये १८ भारतीय नागरिक हुन् । जमादमा भारतीय धर्मगुरु बस्ने हुँदा कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो । जमादमा बस्ने सबै धर्मगुरुको आज नै स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विर्तामोडमा रहेको मामे मस्जित मुनवारमा नौ र दमकमा ११ मुस्लिम समुदायका धर्मगुरु बस्दै आएका छन् । उनीहरुको आज आरडिटी परीक्षण गरेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जीवन चम्लगाई जानकारी दिए । चम्लगाई अनुसार आरडिटी परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । दमकमा रहेको मस्जिदमा बस्ने धर्मगुरुसहित तीन कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत युवराज कट्टेलले जानकारी दिए ।
झापामा ७० मस्जिद र ४९ मदरसा रहेका छन् । जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक कर्म अहिले बन्द गराइएको विर्तामोडस्थित जामे मस्जिदका सचिव एजाज अहमदले बताए । “मुस्लिम समुदायमा जमाद आउने पराम्परा पुरानो परम्परा हो”, सचिव एजाजले भने, “झापामा दुई वटा मात्र जमाद छन्, जमाद अर्थात् मुस्लिम धर्मका अगुवाको समूह हो, उनीहरुले विभिन्न ठाउँमा रहेका मुस्लिम समुदायलाई मस्जिदमा आएर धार्मिक शिक्षा दिने गर्छन् ।” एजाजका अनुसार जमादमा आउनेहरुले धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, धार्मिक शिक्षा हासिल गर्न लगाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्य र आफूले सिकेको ज्ञान अरुलाई सिकाउन प्रेरित गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशत छुट पाउने
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार